बिराटनगर / २०८३ भदौ १७ / भगवान राधा कृष्णको ऐतिहासिक रथयात्रा यही भदौ २० गते सम्पन्न हुदैछ । रथयात्राको सबै तयारी पूरा भैसकेको राधाकृष्ण मन्दिर कार्यसमितिका अध्यक्ष कैलाश रेग्मीले जानकारी दिनुभयो ।
राधाकृष्णको रथयात्रा सफलता साथ सम्पन्न गर्न समारोह समितिले रथमार्ग सङ्केत निर्देशन उपसमिती, झाकी ब्यबस्था, रथ श्रीङ्गार, स्वास्थ्य र प्राथमिक उपचार,स्वयंसेवक, प्रसाद ब्यबस्था, पिउने पानी,फोहोर ब्यबस्था, सामाजिक सन्जाल, प्रचार प्रशार, ब्राम्हण ब्यबस्थापन, पुजा, निमन्त्रणा उपसमिती लगायत विभिन्न २१ वटा उपसमितीहरु बनाइएको छ ।
भदौ १० गतेको बिनासकारी बाढी प्रभाबितहरुको सहयोगको लागि रथयात्रामा उठेको सम्पुर्ण भेटी रकम प्रधानमन्त्री दैबीप्रकोप उद्दार कोष मार्फत पठाइने भएको छ । रथयात्रामा करिब २ लाख रुपया जम्मा हुनेगरेको बिगतको अनुभव छ । उक्त कुरा राधाकृष्ण मन्दिर कार्यसमितिले आज आयोजना गरेको पत्रकार सम्मेलनमा जानकारी दिएको हो ।
रथयात्राको क्रममा विभिन्न ४४ स्थानमा भक्तजनहरुलाई पुजा आराधनाको लागि रथलाई विश्राम गराइने छ । रथले ६ घण्टामा बिराटनगर शहरको करिब ८ किलोमिटर क्षेत्रको परिक्रमा गर्नेछ ।
रथयात्रामा हुनसक्ने अपराधिक कृयाकलाप रोक्न ९०० बढी सुरक्षाकर्मी परिचालन हुनेछन । प्रहरीले उक्तदिन बहुमुल्य बस्तुहरु नबोक्न र साना बालबालिका नल्याउन सर्बसाधारणसग अनुरोध गरेको छ । यसबर्ष डीजेको प्रयोग निशेध गरिएको पनि समितिले जनाएको छ ।
बिराटनगर / २०८३ भदौ २७ / बिराटनगरमा पत्रकारका लागि सबैभन्दा पहिले स्थापना भएको पिताम्बर -…
बिराटनगर / २०८३ भदौ २४ / नेपाल प्रेस युनियन, मोरङ शाखाको हिजो बिराटनगरमा सम्पन्न १२…
बिराटनगर / २०८३ भदौ ०२ / बिराटनगरको स्थापित दैनिक पत्रीका उद्घोषले आज आफ्नो २२ औ…
बिराटनगर / २०८३ भदौ ०२ / कोशी प्रदेशका मुख्य मन्त्री हिक्मत कुमार कार्कीले हिजो आफ्नो…
बिराटनगर / २०८३ साउन १४ / सुनसरी घटनामा थप एक जनाको मृत्यु भएको छ ।…
बिराटनगर / २०८३ साउन ६ /नेपाली काङ्ग्रेस, मोरङले आज ४४ औ बीपी स्मृति दिवस मनाएको…