राजनीती

उद्घोषले मनायो २२ औ स्थापना दिवस

बिराटनगर / २०८३ भदौ ०२ /

बिराटनगरको स्थापित दैनिक पत्रीका उद्घोषले आज आफ्नो २२ औ स्थापना दिवस मनाएको छ । स्थानीय सीटी पार्टी प्यालेसमा आयोजना गरिएको भब्य कार्यक्रममा समाजसेवी गुणराज ढुङ्गेल र जोशी भुजियाका मालिक शिबरतन शर्मा जोशीलाई सम्मान समेत गरिएको छ ।

नेपाली काङ्ग्रेसका केन्द्रीय उपसभापती पुस्पा भुसालको प्रमुख आतिथ्यमा सो कार्यक्रम भएको थियो । सो अवसरमा बोल्दै भुसालले पोलिटिसियन र जर्नालिजम बीच घनिष्ठ सम्बन्ध हुन्छ भन्दै लोकतन्त्र र सङघियताको लागि उद्घोषले खेलेको भुमिकाको प्रसम्शा गर्नुभयो । उहाले गत निर्बाचनमा मुलुकको सुशासन, समृद्धि र सुरक्षाको लागि जेन्जीहरुलाई जनताले भोट दिएको तर जेन्जी सरकारले जनताको अपेक्षा बमोजिम कामगर्न नसकेको बताउनु भयो ।

सो अबसरमा बोल्दै एमालेका नेता तथा पुर्ब अर्थमन्त्री सुरेन्द्र पाण्डेले देश बनाउने हो भने सरकारले नीजी क्षेत्रलाई फ्यासिलिटेड गरेर जिम्मा दिनुपर्ने बताउनु भयो ।

रास्वपाका केन्द्रीय सदस्य तथा साम्सद मनिष झाले आफु धनुषाको प्रतिनिधि भएपनि देशका सबै क्षेत्रको प्रतिनिधित्व गर्नेगरेको बताउनु भयो ।
नेपाली कम्युनिष्ट पार्टीका नेता तथा कोशी प्रदेशको सम्सदीय दलका नेता इन्द्रहाङ आङ्बोले बर्तमान सरकारले अपरिपक्वता र गैरजिम्मेबारीपना देखाउदै आएको बताउदै “पहिले थुन्ने, अनिमात्र कुरा सुन्ने” सरकारको नीति निन्दनीय छ भन्नुभयो ।

उद्योग बाणिज्य महासंघका अध्यक्ष राजेन्द्र राउतले दुई तिहाईको नया सरकारले नीजी क्षेत्रलाई प्रोत्साहन दिन नसकेको बताउनु भयो । उहाले हामीलाई शान्ती चाहियो, हाम्रो लगानीको सुरक्षा चाहियो भन्दै नीजी क्षेत्रको मनोबल घट्न नदिन बर्तमान सरकारसग आग्रह गर्नुभयो ।
बिराटनगरका मेडिकल ब्यबसायी ज्ञानेन्द्रमान सिंह कार्कीले नीजी मेडिकल कलेजहरुलाई सरकारले सौताको व्यवहार गरेको बताउदै सकारले आफुहरुलाई “मेडिकल माफिया” भन्दै अपमानित गर्ने गरेको बताउनु भयो ।

कार्यक्रमको प्रमुख अतिथिको रुपमा नेपाली काङ्ग्रेसका सभापती गगनकुमार थापा आउने निश्चय भएकोमा पार्टीको आन्तरिक ब्यस्तता र आजको पत्रकार सम्मेलनले बिराटनगर आउन नसकेको र आफू आएको कुरा उपसभापती पुस्पा भुसालले बताउनु भयो । प्रेस स्वतन्त्रताको लागि सधै आफ्नो साथ रहने सन्देश गगनले पठाएको पनि प्रमुख अतिथी पुस्पा भुसालले बताउनु भयो ।

उद्घोष दैनिकका सम्पादक मोहन भण्डारीको सभापतित्वमा भएको सो कार्यक्रममा जनता समाजबादी पार्टीका नेता जयराम यादब र नेपाल पत्रकार महासंघ, केन्द्रीय सदस्य कमल रिमालले पनि बोल्नुभएको थियो ।

admin

Recent Posts

शम्भु पोखरेल पुरस्कृत

बिराटनगर / २०८३ भदौ २७ / बिराटनगरमा पत्रकारका लागि सबैभन्दा पहिले स्थापना भएको पिताम्बर -…

1 week ago

प्रेस युनियन, मोरङको नया समिती गठन

बिराटनगर / २०८३ भदौ २४ / नेपाल प्रेस युनियन, मोरङ शाखाको हिजो बिराटनगरमा सम्पन्न १२…

2 weeks ago

भगवान राधाकृष्णको ९५ औ रथयात्रा हुँदै

बिराटनगर / २०८३ भदौ १७ / भगवान राधा कृष्णको ऐतिहासिक रथयात्रा यही भदौ २० गते…

3 weeks ago

कोशीको मन्त्रीमण्डल पुनर्गठन

बिराटनगर / २०८३ भदौ ०२ / कोशी प्रदेशका मुख्य मन्त्री हिक्मत कुमार कार्कीले हिजो आफ्नो…

1 month ago

वातावरण शान्त बनाउने प्रयास हुदै

बिराटनगर / २०८३ साउन १४ / सुनसरी घटनामा थप एक जनाको मृत्यु भएको छ ।…

2 months ago

मोरङ काङ्ग्रेसले मनायो बीपी स्मृति दिवस

बिराटनगर / २०८३ साउन ६ /नेपाली काङ्ग्रेस, मोरङले आज ४४ औ बीपी स्मृति दिवस मनाएको…

2 months ago