बिराटनगर / २०८३ भदौ ०२ /
कोशी प्रदेशका मुख्य मन्त्री हिक्मत कुमार कार्कीले हिजो आफ्नो मन्त्री मण्डलको पुनर्गठन गर्नु भएको छ । ११ सदस्यीय पुनर्गठित मन्त्रीमण्डलमा नेकपा एमालेबाट मुख्यमन्त्री सहित ६ जना र नेपाली कम्युनिष्ट पार्टी ( मओबादी ) बाट ५ जना सामेल छन ।
पुनर्गठित मन्त्रीमण्डलका मन्त्रीहरुमा १) खिनु लङ्बा ( लिम्बू ) – पर्यटन, बन तथा बाताबरण मन्त्रालय, २) जीवन आचार्य – भौतिक पुर्बाधार बिकाश मन्त्रालय, ३) तिलचन पाठक – खानेपानी, सिंचाइ तथा उर्जा मन्त्रालय, ४) इन्द्रमणी पराजुली – स्वास्थ्य मन्त्रालय, ५) गोम्बु शेर्पा – आन्तरिक मामिला तथा कानून मन्त्रालय, ६) बिदुर कुमार लिङ्थेप – आर्थिक मामिला तथा योजना मन्त्रालय, ७) रामप्रसाद महतो – उद्योग, कृषि तथा सहकारी मन्त्रालय, ८) गीता तिम्सिना – सामाजिक बिकास मन्त्रालय हुनुहुन्छ ।
त्यस्तै ९) उमाकान्त गौतम – राज्यमन्त्री स्वास्थ्य मन्त्रालय र १०) सपना दर्जी – राज्यमन्त्री भौतिक पुर्बाधार बिकाश हुनुहुन्छ ।
नेपाली काङ्ग्रेस र नेकपा एमालेको सत्ता गठबन्धन बमोजिम कोशी प्रदेशमा सरकार संचालन भैरहेकोमा केही दिन अगाडि एमालेको नेकपा ( माओबादी ) सग गठबन्धन बनेपछी काङ्ग्रेस मन्त्रीहरुले सामुहिक राजिनामा दिएका थिए ।
नबनियुक्त मन्त्रीहरुलाई हिजै प्रदेश प्रमुख पर्शुराम खापुङको उपस्थितिमा सपथ ग्रहण गराइएको थियो । स्वास्थ्य मन्त्री बाहेक सबै मन्त्रीहरुले हिजै पदभार ग्रहण गर्नुभएको थियो ।
बिराटनगर / २०८३ भदौ २७ / बिराटनगरमा पत्रकारका लागि सबैभन्दा पहिले स्थापना भएको पिताम्बर -…
बिराटनगर / २०८३ भदौ २४ / नेपाल प्रेस युनियन, मोरङ शाखाको हिजो बिराटनगरमा सम्पन्न १२…
बिराटनगर / २०८३ भदौ १७ / भगवान राधा कृष्णको ऐतिहासिक रथयात्रा यही भदौ २० गते…
बिराटनगर / २०८३ भदौ ०२ / बिराटनगरको स्थापित दैनिक पत्रीका उद्घोषले आज आफ्नो २२ औ…
बिराटनगर / २०८३ साउन १४ / सुनसरी घटनामा थप एक जनाको मृत्यु भएको छ ।…
बिराटनगर / २०८३ साउन ६ /नेपाली काङ्ग्रेस, मोरङले आज ४४ औ बीपी स्मृति दिवस मनाएको…