राजनीती

वातावरण शान्त बनाउने प्रयास हुदै

बिराटनगर / २०८३ साउन १४ /

सुनसरी घटनामा थप एक जनाको मृत्यु भएको छ । आज न्युरो अस्पताल बिराटनगरमा उपचाररत घाइते युवा देवानगन्ज – ३ का जयप्रकाश मेहताको मृत्यु भएको
छ । यस अघि देवनगन्जकै युबा ओम प्रकाश मेहताको मृत्यु भएको थियो । सुनसरी घटनामा मृत्यु हुनेको सङख्या दुई पुगेको छ । उक्त घटनामा स्थानीय युबा र प्रहरी गरि दुई दर्जन बढी घाइते भएका छन ।

स्व. ओ म प्रकाश मेहता
स्व. जय प्रकाश मेहता

सुनसरीमा भएको गोलीकाण्ड झन झन पेचिलो बन्दै गएको छ । सुरुमा प्रहरीको गोलीबाट ओम प्रकाशको मृत्यु भएको अनुमान गरिएकोमा घटनाको तीनदिन पछि कुनै अपरिचित ब्यक्तिबाट चलाईएको गोलीबाट उनको मृत्युभएको पक्का अड्कलबाजी गरिएको छ । उक्त घटनामा त्यहाका स्थानीयको हात नभएर बाहिरी घुसपैठिया आतंककारीको हात रहेको स्थानीयबासीहरुले पक्का अनुमान गर्न थालेका छन ।

उक्त रक्तरन्जीत घटनाबाट सुनसरी, मोरङ लगायत समग्र तराईमा आज पनि त्रासको बाताबरण छ, वातावरण शान्त बनाउन सबै राजनैतिक दल, स्थानीय समाजसेवीहरु, विभिन्न संघ संस्थाहरु लागिपरेका छन ।

देशमा भैरहेको साम्प्रदायीक द्वन्दप्रती दुख ब्यक्तगर्दै राजा ज्ञानेन्द्र शाहले सद्भाव सन्देश दिनुभएको छ ।
त्यस्तै प्रधानमन्त्री बालेन्द्र शाहले पनि सुनसरीको घटनाप्रती दुख ब्यक्त गर्दै मृतकहरुप्रती समबेदना ब्यक्त गर्नुभएको छ । उहाले सद्भाव कायम गर्न आग्रह गर्नुभएको छ ।

यसैबीच कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कुमार कार्कीले मृतकका परिबारलाई रु. दुईलाख, घाइतेका परिबारलाई रु. पचास हजार र घर, पसल आगजनीका पीडितका परिबारलाई रु. पचास हजार राहत रकम उपलब्ध गराउने घोषणा गर्नुभएको छ ।

साथै सत्य तथ्य समाचार मात्र प्रकाशन/ प्रशारण गर्न अनुरोध गर्दै कोशी प्रदेश आम सञ्चार प्रतिष्ठानले यस्तो सम्बेदनशील समयमा भ्रम फैलाउने तथा उत्तेजना बढाउने गरि कुनै सामग्री प्रकाशन/ प्रशारण नगर्न पनि सबै सञ्चार माध्यमहरुलाई अनुरोध गरेको छ ।

admin

Recent Posts

शम्भु पोखरेल पुरस्कृत

बिराटनगर / २०८३ भदौ २७ / बिराटनगरमा पत्रकारका लागि सबैभन्दा पहिले स्थापना भएको पिताम्बर -…

1 week ago

प्रेस युनियन, मोरङको नया समिती गठन

बिराटनगर / २०८३ भदौ २४ / नेपाल प्रेस युनियन, मोरङ शाखाको हिजो बिराटनगरमा सम्पन्न १२…

2 weeks ago

भगवान राधाकृष्णको ९५ औ रथयात्रा हुँदै

बिराटनगर / २०८३ भदौ १७ / भगवान राधा कृष्णको ऐतिहासिक रथयात्रा यही भदौ २० गते…

3 weeks ago

उद्घोषले मनायो २२ औ स्थापना दिवस

बिराटनगर / २०८३ भदौ ०२ / बिराटनगरको स्थापित दैनिक पत्रीका उद्घोषले आज आफ्नो २२ औ…

1 month ago

कोशीको मन्त्रीमण्डल पुनर्गठन

बिराटनगर / २०८३ भदौ ०२ / कोशी प्रदेशका मुख्य मन्त्री हिक्मत कुमार कार्कीले हिजो आफ्नो…

1 month ago

मोरङ काङ्ग्रेसले मनायो बीपी स्मृति दिवस

बिराटनगर / २०८३ साउन ६ /नेपाली काङ्ग्रेस, मोरङले आज ४४ औ बीपी स्मृति दिवस मनाएको…

2 months ago