सुचना

सञ्चारकर्मी सहकारीद्वाराचार पुरस्कार बितरण

बिराटनगर / २०८३ असार २७

बिराटनगर – ९ स्थित सञ्चारकर्मी सञ्चार सहकारी संस्था लिमिटेडले आज चार जना पत्रकारहरुलाई पुरस्कृत गरेको छ । संस्थाको १५ औ स्थापना दिवसको अवसरमा सो पुरस्कार प्रदान गरिएको हो ।

गत २०७२ मा स्थापित मिना श्रेष्ठ, महिला पत्रकार प्रोत्साहन पुरस्कार – २०८३ बाट नेपाल टाइम्सकी पत्रकार रस्मीता उदास पुरस्कृत हुनुभएको छ । यो पुरस्कारको राशी दशहजार रुपैया रहेको छ ।
मेम्बर चन्द्रलाल- दुर्गादेबी दाहाल, सञ्चार श्रमजीवी पुरस्कारबाट मकालु टेलिभिजनका पत्रकार पदम कुमार सरदार पुरस्कृत हुनुभएको छ । २०७२ सालमा स्थापित यसको राशी २१ हजार रुपैया रहेको छ ।

२०७५ सालमा बिराटनगरका समाजसेवी दिनबन्धु गोयलले आफ्ना दाजु ओमप्रकाश गोयलको नाममा स्थापनागर्नुभएको आर्थिक पत्रकारिता पुरस्कारबाट रातोपाटी डट कमका पत्रकार अर्जुन कुमार आचार्य पुरस्कृत हुनुभएको छ । यो पुरस्कारको राशी पचास हजार रुपैया रहेको छ ।
स्वतन्त्रता सेनानी तोरेन्द्रमान प्रधानको नाममा २०७९ सालमा स्थापित तोरेन्द्र-ईन्दिरा प्रेस स्वतन्त्रता सम्मान पुरस्कार २०८३ बाट अग्रज पत्रकार शिव बहादुर कार्की सम्मानित हुनुभएको छ । यसको राशी ५१ हजार रुपैया रहेको छ । सबै पुरस्कृतहरुलाई प्रमूख अतिथी कोशी प्रदेश सभाका माननीय सभामुख अम्बर बहादुर बिष्टले दोसल्ला ओढाएर प्रमाणपत्र र नगद समेतले सम्मानित गर्नुभयो ।
सञ्चारकर्मी सञ्चार सहकारी संस्थाका अध्यक्ष दीपक दाहालको अध्यक्षतामा भएको सो कार्यक्रममा समाजसेवी दिनबन्धु गोयल, नेपाल पत्रकार महासंघ, मोरङका अध्यक्ष सुशीला पाठक, नेपाल पत्रकार महासंघ, कोशी प्रदेशका बरिष्ठ उपाध्यक्ष कुमोद अधिकारी, जिल्ला सहकारी संघका अध्यक्ष माधब अधिकारी, पुरस्कृत पत्रकार अर्जुन आचार्य र पत्रकार महाप्रसाद खतिवडाले बोल्नुभएको थियो ।

admin

Recent Posts

शम्भु पोखरेल पुरस्कृत

बिराटनगर / २०८३ भदौ २७ / बिराटनगरमा पत्रकारका लागि सबैभन्दा पहिले स्थापना भएको पिताम्बर -…

1 week ago

प्रेस युनियन, मोरङको नया समिती गठन

बिराटनगर / २०८३ भदौ २४ / नेपाल प्रेस युनियन, मोरङ शाखाको हिजो बिराटनगरमा सम्पन्न १२…

2 weeks ago

भगवान राधाकृष्णको ९५ औ रथयात्रा हुँदै

बिराटनगर / २०८३ भदौ १७ / भगवान राधा कृष्णको ऐतिहासिक रथयात्रा यही भदौ २० गते…

3 weeks ago

उद्घोषले मनायो २२ औ स्थापना दिवस

बिराटनगर / २०८३ भदौ ०२ / बिराटनगरको स्थापित दैनिक पत्रीका उद्घोषले आज आफ्नो २२ औ…

1 month ago

कोशीको मन्त्रीमण्डल पुनर्गठन

बिराटनगर / २०८३ भदौ ०२ / कोशी प्रदेशका मुख्य मन्त्री हिक्मत कुमार कार्कीले हिजो आफ्नो…

1 month ago

वातावरण शान्त बनाउने प्रयास हुदै

बिराटनगर / २०८३ साउन १४ / सुनसरी घटनामा थप एक जनाको मृत्यु भएको छ ।…

2 months ago