बिराटनगर / २०८३ असार २२ /
बिराटनगरमा आज ३ दिने AI तालिमको समापन गरिएको छ । कोशी प्रदेशका पत्रकारहरुको क्षमता अभिबृद्दी गर्ने उद्देश्यले उक्त तालिमको आयोजना गरिएको थियो ।
मिडियामा “एआई” को प्रयोग सम्बन्धी क्षमता अभिबृद्दी तालिम नाम दिईएको सो प्रशिक्षण कार्यक्रमका सहजकर्ता जीवन भण्डारी हुनुहुन्थ्यो । आन्तरिक मामिला तथा कानून मन्त्रालय, कोशी प्रदेशको आर्थिक सहयोग र बिराट टाइम्स मिडिया प्रा लि को आयोजनामा सो तालिम यही असार २० गतेदेखि संचालन गरिएको थियो । सो तालिमबाट मोरङ, सुनसरी, धनकुटा र सङ्खुवासभा समेतका ३५ बढी पत्रकारहरुले सीप हाशील गरेका छन । सहभागी पत्रकारहरुले तालिम अत्यन्त उपयोगी भएको बताएका छन ।
तालिम कार्यक्रमको समापन गर्दै कोशी प्रदेशका आन्तरिक मामला तथा कानून मन्त्री इन्द्रमणी पराजुलीले नया प्रबिधिको उचित प्रयोग गर्न सकेमा सफल पत्रकारिता हुने कुरा बताउनु भयो । उहाले नया प्रबिधीको गलत प्रयोगबाट साइबर क्राइम जस्ता समस्या बढ्दै गएकोले एआई आचारसम्हिताको अक्षरश पालना गर्न आबस्यक भएको पनि बताउनुभयो ।
बिराटनगर / २०८३ भदौ २७ / बिराटनगरमा पत्रकारका लागि सबैभन्दा पहिले स्थापना भएको पिताम्बर -…
बिराटनगर / २०८३ भदौ २४ / नेपाल प्रेस युनियन, मोरङ शाखाको हिजो बिराटनगरमा सम्पन्न १२…
बिराटनगर / २०८३ भदौ १७ / भगवान राधा कृष्णको ऐतिहासिक रथयात्रा यही भदौ २० गते…
बिराटनगर / २०८३ भदौ ०२ / बिराटनगरको स्थापित दैनिक पत्रीका उद्घोषले आज आफ्नो २२ औ…
बिराटनगर / २०८३ भदौ ०२ / कोशी प्रदेशका मुख्य मन्त्री हिक्मत कुमार कार्कीले हिजो आफ्नो…
बिराटनगर / २०८३ साउन १४ / सुनसरी घटनामा थप एक जनाको मृत्यु भएको छ ।…