बिराटनगर / २०८३ जेठ ०८ /
नेपाल पत्रकार महासंघ, मोरङ शाखाको १४ औ साधारण सभा हिजो बिराटनगरमा सम्पन्न भएको छ । महासंघका केन्द्रीय अध्यक्ष निर्मला शर्माको प्रमुख आतिथ्यमा र बिराटनगर महानगरका मेयर नागेश कोइरालाको बिशेष आतिथ्यतामा सो कार्यक्रम सम्पन्न भएको हो ।
हिजोको कार्यक्रममा हालै विद्याबारिधी उपाधी प्राप्तगर्ने पत्रकार डा. रामचन्द्र अधिकारीलाई सम्मान गरियो । साथै महासंघमा लामो समयसम्म कर्तब्यनिष्ठ भै कामगर्ने कार्यालय सचिब दिपक फुयाललाई एघार हजार रुपैया पुरस्कार राशी सहित सम्मान गरियो । मोरङका पत्रकारहरुलाई स्वास्थ्य क्षेत्रमा बिशेष सहुलियत प्रदान गरेकोमा बिराटनगर स्थित न्युरो अस्पताललाई पनि सो अवसरमा सम्मान गरियो ।
कार्यक्रममा बोल्दै प्रमुख अतिथी निर्मला शर्माले बर्तमान सरकारको मिडिया माथि अंकुश लगाउने तथा आर्थिक नाकाबन्दी लागाउने कार्य निन्दनीय भएको बताउदै आफ्नो पेशागत स्वतन्त्रताको रक्षाको लागि सबै पत्रकार मिलेर सामना गर्नुपर्ने बताउनु भयो । उहाले समाचार लेखेकै आधारमा पत्रकारहरुले साइबर ब्युरोको चक्कर काट्नु परिरहेको बताउदै हाम्रो संबैधानिक अधिकारको रक्षाको लागि पनि अब सडकमा उत्रन आबस्यक भैसकेको बताउनुभयो । अध्यक्ष शर्माले प्रेस बिरोधी सरकारी निर्णय खारेज गराउन सबै लोकतन्त्रबादी नागरिक अगुवा संस्थाहरुको ऐक्यबद्धता र सहयोगको आबस्यकता रहेको पनि बताउनु भयो ।
नेपाल पत्रकार महासंघ, मोरङका अध्यक्ष सुशीला पाठकको अध्यक्षतामा भएको साधारण सभामा बिराटनगरका मेयर नागेश कोइराला, मोरङका प्रजिअ युबराज कट्टेल, गैसस महासंघ, मोरङका अध्यक्ष बिष्णु शर्मा, नेपाल उद्योग बाणिज्य संघका रबिन दाहाल, जिल्ला प्रहरी प्रमुख कबित कटुवालले शुभकामना दिनुभयो । त्यसैगरी पत्रकारहरु यज्ञ शर्मा,बन्धु पोखरेल, कुमोद अधिकारी, लिला बल्लभ घिमिरे, बिबेक गौतम बिक्रम लुइँटेल र सन्तोष सिग्देलले पनि सो अवसरमा आ- आफ्नो बिचार राख्नुभएको थियो ।
बिराटनगर / २०८३ असार २२ /बिराटनगरमा आज ३ दिने AI तालिमको समापन गरिएको छ ।…
काठमाडौं । कक्षा १२ को परीक्षाफल र मूल्याङ्कन प्रक्रिया त्रुटिपूर्ण रहेको भन्दै असन्तुष्ट विद्यार्थीहरूले राजधानीको…
बिराटनगर / २०८२ जेठ २६ / बिराटनगरमा यही जेष्ठ ३० गते एकदिने भजन क्लबिङ कन्सर्ट…
बिराटनगर / २०८३ बैशाख २३ / केही दिनदेखि चर्चामा रहेको बिराटनगर जुट मिलका मजदुरहरुले मिल…
बिराटनगर / २०८३ बैशाख २० / पैतिसौ विश्व प्रेस स्वतन्त्रता दिवसको उपलक्षमा नेपाल पत्रकार महासंघ,…
बिराटनगर / २०८३ बैशाख १० / नेपाल पत्रकार महासंघ, केन्द्रीय समितिको कार्यक्रम अनुसार आज सतहत्तरै…