समाचार

पत्रकारहरु आन्दोलित

बिराटनगर / २०८२ चैत्र २७ / बालेन सरकारले चैत्र १८ गते जारी गरेको बिज्ञापन सम्बन्धि परिपत्रको बिरोधमा नेपालका पत्रकारहरु आन्दोलनमा उत्रने भएका छन । संघीय सरकार, प्रदेश सरकार र स्थानीय सरकारका सबै बिज्ञापनहरु सरकारी मिडीयालाई मात्र दिन पाउने आदेशमूलक परिपत्र जारी गरेपछि निजि क्षेत्रका मिडियाकर्मीहरु आन्दोलित बनेका हुन ।

निजि क्षेत्रका पत्रकारहरुले बर्तमान सरकारले नै आफुहरुको संबैधानिक अधिकारमा अंकुश लगाएको, आर्थिक नाकाबन्दी गरेको तथा निरङ्कुश कार्यशैली अपनाएको ठहर गर्दै आफुहरुलाई आन्दोलन गर्न बाध्य बनाएको दाबी गरेका छन ।

नेपाल पत्रकार महासंघ, केन्द्रीय समितिको निर्देशन अनुसार ७७ जिल्ला शाखाहरुमा छलफल चलाउने र राय सङ्कलन गर्ने पहिलो चरणको कार्यक्रम आज सम्पन्न भएको छ । भोलि र पर्सि हेटौंडामा हुने महासंघको चौथो बैठकले दोश्रो चरणको आन्दोलन कार्यक्रम तय गर्ने कुरा केन्द्रीय सदस्य कमल रिमालले बताउनु भयो ।

आज मोरङ शाखाले बिराटनगरमा आयोजना गरेको छलफल कार्यक्रममा अधिकाङ्श बक्ताले नीजी मिडियाप्रती बालेन सरकार नकारात्मक रहेको तथा सुधार गर्ने नाममा निरङ्कुशता तर्फ उन्मुख बन्दै गएकोले आफ्नो पेशागत स्थायीत्वका लागि कठोर आन्दोलन गर्नु परे पनि पछि हट्नु नहुने नेतृत्वलाई सुझाब दिएका छन । सरकारको यस कार्यलाई अन्तर्राष्ट्रियकरण गर्न पनि सुझाएका छन ।

admin

Recent Posts

पत्रकार महासंघ, मोरङको साधारण सभा सम्पन्न

बिराटनगर / २०८३ जेठ ०८ /नेपाल पत्रकार महासंघ, मोरङ शाखाको १४ औ साधारण सभा हिजो…

1 week ago

बिराटनगर जुटमिल पु:न संचालन गर्न माग

बिराटनगर / २०८३ बैशाख २३ / केही दिनदेखि चर्चामा रहेको बिराटनगर जुट मिलका मजदुरहरुले मिल…

4 weeks ago

प्रेस स्वतन्त्रता दिवसमा बिबिध कार्यक्रम

बिराटनगर / २०८३ बैशाख २० / पैतिसौ विश्व प्रेस स्वतन्त्रता दिवसको उपलक्षमा नेपाल पत्रकार महासंघ,…

4 weeks ago

पत्रकार महासंघको ज्ञापन

बिराटनगर / २०८३ बैशाख १० / नेपाल पत्रकार महासंघ, केन्द्रीय समितिको कार्यक्रम अनुसार आज सतहत्तरै…

1 month ago

राजा महेन्द्रको शालिक बन्ने

बिराटनगर / २०८२ चैत्र २६ / सनातन युबा मञ्च नेपाल, मोरङ्ले बिराटनगर स्थित महेन्द्र चोकमा…

2 months ago

षष्टिका बस्नेत पुरस्कार लम्जेललाई

बिराटनगर / २०८२ चैत्र १६ / यस बर्षको "षष्टिका बस्नेत सूचनाको अधिकार प्रोत्साहन पुरस्कार" नेपाल…

2 months ago