समाचार

बालेन्द्रको मन्त्रीपरिषद गठन

काठमाण्डौ / २०८२ चैत्र १३ / बालेन्द्र शाहको नेत्रीत्वमा बहुप्रतिक्षित मन्त्री परिषद गठन भएको छ । आज अपरान्ह १२:३४ बजेको साइतमा राष्ट्रपति सम्माननीय रामचन्द्र पौडेलले बालेन्द्र शाहलाई देशको ४० औ प्रधानमन्त्री पदको सपथ गराउनु भएको थियो ।

राष्ट्रिय स्वतन्त्र पार्टीको सम्सदीय दलले हिजो बालेन्द्र शाहलाई सर्बसम्मत रुपमा सम्सदीय दलको नेता चयन गरेको थियो । रास्वपाले गत फागुन २१ को आम निर्बाचनमा आफ्नो मुख्य नारा नै भाबी प्रधानमन्त्रीको रुपमा बालेन्द्रको नाम अघिसारेको थियो ।

आजै प्रधानमन्त्री बालेन्द्र शाहले १५ सदस्यीय मन्त्री परिषद गठन गर्नु भएको छ । सबै मन्त्रीहरुको सपथग्रहण पनि आजै सकिएको छ । सबै मन्त्रीहरूलाई राष्ट्रपति पौडेलले नै सपथ गराउनुभएको थियो । प्रधानमन्त्री शाहले उध्योग र रक्षा मन्त्रालय आफैसग राख्नुभएको छ । प्रधानमन्त्री लगायत सबै मन्त्रीले आजै आ- आफ्नो मन्त्रालयमा पदबहाली गरिसक्नु भएको छ ।

सीतल निबासमा सम्पन्न सपथग्रहण कार्यक्रम हुनुअगाडी १०८ बटुकहरुले स्वस्ती बाचन गरेका थिए भने १०८ बौद्ध भिक्षुहरुले लामा भाषामा शान्तिबाचन र सात जना ब्राम्हणहरुले एकसाथ शंख धुनी गरेका थिए । यो नेपालको अहिलेसम्मको नया अभ्यास हो ।

बालेन्द्र शाहलाई प्रधानमन्त्रीको भाबी उम्मेदवार भनेर रास्वपा चुनाबमा होमिएको भएपनि अन्तीममा धोखा हुनसक्ने आकलन सर्बसाधारणले गरेका थिए तर त्यसो भएन । सभापती रबी लामिछानेले धोका हुन दिएनन । आफ्नो वचन पुरा गरीछाडे ।

निबर्तमान अर्थमन्त्री रामेस्वर खनाल लगायत केही इसाई धर्मका पक्षधरहरुले बालेन्द्र शाह सनातनी पक्षधर भै सनातनी गतिबिधी गरेकोमा रोष ब्यक्तगरे ।

देशमा ब्याप्त गरिबी, सीमा नाघिसकेको भ्रष्टाचारी रबैया, समाजका नेताहरुको अनुशासनहीन रबैया, देशलाई कंगाल बनाउनका लागि निर्माण भएका प्रदेश ब्यबस्था र तिनका मन्त्रीहरुको लुटतन्त्र तथा घुसबिना सिन्कोपनी नभाच्ने भ्रष्ट कर्मचारीतन्त्र, कार्की आयोगको प्रतिबेदन कार्यान्वयन नै मुख्यरुपमा बालेन्द्र सरकारका चुनौतीहरु हुन । मुलुक बनाउने नीति लिएको खण्डमा र चुनाबमा जनता समक्ष गरेको बाचा पूरा गरेको खण्डमा बालेन सरकारको भबिश्य उज्वल देखिएको छ अन्यथा भोलि बालेन्द्र र रास्वपाको हालत पनि शेरबहादुर, ओली, प्रचण्ड र तीनका दलको जस्तो हालत नहोला भन्न सकिन्न ।

admin

Recent Posts

पत्रकार महासंघ, मोरङको साधारण सभा सम्पन्न

बिराटनगर / २०८३ जेठ ०८ /नेपाल पत्रकार महासंघ, मोरङ शाखाको १४ औ साधारण सभा हिजो…

2 days ago

बिराटनगर जुटमिल पु:न संचालन गर्न माग

बिराटनगर / २०८३ बैशाख २३ / केही दिनदेखि चर्चामा रहेको बिराटनगर जुट मिलका मजदुरहरुले मिल…

2 weeks ago

प्रेस स्वतन्त्रता दिवसमा बिबिध कार्यक्रम

बिराटनगर / २०८३ बैशाख २० / पैतिसौ विश्व प्रेस स्वतन्त्रता दिवसको उपलक्षमा नेपाल पत्रकार महासंघ,…

3 weeks ago

पत्रकार महासंघको ज्ञापन

बिराटनगर / २०८३ बैशाख १० / नेपाल पत्रकार महासंघ, केन्द्रीय समितिको कार्यक्रम अनुसार आज सतहत्तरै…

1 month ago

पत्रकारहरु आन्दोलित

बिराटनगर / २०८२ चैत्र २७ / बालेन सरकारले चैत्र १८ गते जारी गरेको बिज्ञापन सम्बन्धि…

1 month ago

राजा महेन्द्रको शालिक बन्ने

बिराटनगर / २०८२ चैत्र २६ / सनातन युबा मञ्च नेपाल, मोरङ्ले बिराटनगर स्थित महेन्द्र चोकमा…

1 month ago