समाचार

मोरङमा काङ्ग्रेस अगाडी

बिराटनगर / २०८२ फागुन १८ /

बहुप्रतिक्षित सम्सदीय निर्बाचन हुन अब २ दिन मात्र बाकी छ । आज राती १२ बजेदेखि मौन अबधी सुरु हुदैछ । देशको ब्यबस्थापिकाको प्रत्यक्ष तर्फको १६५ स्थान र समानुपतिक तर्फको ११० स्थानको लागि उम्मेदवारले मतदाताहरुलाई रिझाउने काम आजदेखि सम्पन्न गरेका छन ।

बिगतका चुनाबहरुमा उम्मेदवारहरुको पुरानै अनुहार दोहरिने, तेहरिने गरेकोमा यसपटक केही नया अनुहार पनि मैदानमा देखिएका छन । मतदातामा यसपटक देखिएको चेतनाको प्रभाब स्वरुप देशमा बिगतको तुलनामा फरक नतिजा देखिने आकलन बिष्लेषकहरुले गरिरहेका छन ।

मोरङको चुनाबी सरगर्मी उच्चबिन्दुमा पुगेको छ । राजनीतिक बिश्लेषकहरुका अनुसार मोरङको क्षेत्र नम्बर १ मा नेपाली काङ्ग्रेसका खड्गबहादुर फागो र रास्वपाका यज्ञमणि न्यौपाने बीच कडा प्रतिष्पर्धा छ । एमालेका घनस्याम खतिवडा तेश्रो पङ्तिमा रहेको बताइन्छ ।

मोरङको क्षेत्र नम्बर २ मा काङ्ग्रेसका डा. मिनेन्द्रकुमार रिजाल, एमालेका दिलिपकुमार बगडीया, र रास्वपाका कृष्णकुमार कार्कीका बीच कडा प्रतिष्पर्धा छ ।

क्षेत्र नम्बर ३ मा काङ्ग्रेसका डा. सुनिलकुमार शर्मा र रास्वपाका गणेश कार्की बिच प्रतिष्पर्धा छ तर कार्कीभन्दा डा. शर्मा धेरै अगाडि रहेको बताइन्छ । क्षेत्र न. ४ मा काङ्ग्रेसका गुरुराज घिमिरे अग्रपंक्तिमा हुनुहुन्छ भने उनलाई नेपाली कम्युनिस्ट पार्टीका अमनलाल मोदी र एमालेका जीवन घिमिरेले पछ्याइरहनु भएको छ ।

क्षेत्र न. ५ मा काङ्ग्रेसका फुलकुमार लालबानी, नेकपाका शिबकुमार मण्डल र राजकुमार यादबका बीच प्रतिष्पर्धा छ ।

मोरङको क्षेत्र न. ६ मा एमालेका बिनोद ढकाल, काङ्ग्रेसका डा. शेखर कोइराला र रास्वपाकी रुबिना आचार्यका बीच कडा प्रतिष्पर्धा छ ।

यसपटकको चुनाबमा मोरङमा नेपाली कम्युनिस्ट पार्टीको चर्चा परिचर्चा कमजोर देखिएको छ भने रास्वपाले आफ्नो उपस्थिती बढाएको छ । यो चुनाबमा मोरङका ६ सीटमद्दे काङ्ग्रेसले तीनवटा क्षेत्रमा,एमालेले दुईवटा क्षेत्रमा र अन्यले एउटा क्षेत्रमा बिजय हाशिल गर्ने अडकलबाजी गरिएको छ ।

admin

Recent Posts

तीन दिने AI तालिम सम्पन्न

बिराटनगर / २०८३ असार २२ /बिराटनगरमा आज ३ दिने AI तालिमको समापन गरिएको छ ।…

2 days ago

कक्षा १२ को नतिजाप्रति असन्तुष्टि: विद्यार्थीहरू माइतीघरमा आन्दोलित हुँदै, प्रशासनको अनुमति

काठमाडौं । कक्षा १२ को परीक्षाफल र मूल्याङ्कन प्रक्रिया त्रुटिपूर्ण रहेको भन्दै असन्तुष्ट विद्यार्थीहरूले राजधानीको…

2 weeks ago

धर्म संस्कृति रक्षाका लागि कन्सर्ट हुने

बिराटनगर / २०८२ जेठ २६ / बिराटनगरमा यही जेष्ठ ३० गते एकदिने भजन क्लबिङ कन्सर्ट…

4 weeks ago

पत्रकार महासंघ, मोरङको साधारण सभा सम्पन्न

बिराटनगर / २०८३ जेठ ०८ /नेपाल पत्रकार महासंघ, मोरङ शाखाको १४ औ साधारण सभा हिजो…

2 months ago

बिराटनगर जुटमिल पु:न संचालन गर्न माग

बिराटनगर / २०८३ बैशाख २३ / केही दिनदेखि चर्चामा रहेको बिराटनगर जुट मिलका मजदुरहरुले मिल…

2 months ago

प्रेस स्वतन्त्रता दिवसमा बिबिध कार्यक्रम

बिराटनगर / २०८३ बैशाख २० / पैतिसौ विश्व प्रेस स्वतन्त्रता दिवसको उपलक्षमा नेपाल पत्रकार महासंघ,…

2 months ago