समाचार

संसदमा तेस्रोलिङ्गी उम्मेदवार

बिराटनगर / २०८२ माघ ०७ / आगामी फागुन २१ गते हुने भनिएको आम निर्बाचनको लागि हिजो देशभरी उम्मेदवारी दर्तागर्ने कार्य शान्तिपुर्ण रुपमा सम्पन्न भएको छ । निर्बाचन आयोगले तोकेको कार्यक्रम बमोजीम नै संघीय सम्सदको १६५ स्थानको लागि हिजो उम्मेदवारी गरिएको हो ।

फागुन २१ को संसदीय निर्बाचनमा ६८ वटा राजनैतिक दलहरुले सहभागीता जनाउने भएका छन । प्रत्यक्ष तर्फको १६५ सिटका लागि हिजो ३४८४ जनाले उमेदवारी दर्ता गराएका हुन जसमद्दे महिला सङ्ख्या ३९५ मात्र छ । कुल ३४८४ उम्मेदवारमद्दे राजनैतिक दल सम्बद्द २२९७ छन भने स्वतन्त्र ११८७ जना छन ।

यसैबीच देशभरीबाट संघीय संसदको लागि एकजना तेस्रोलिङ्गी महिलाले पनि उमेदवारी दिएकी छन । झापा ५ घर भएकी नुमा लिम्बुले मोरङको क्षेत्र न ४ बाट उम्मेदवारी दिएकी हुन । नुमाले हिजो पत्रकार सम्मेलन गरि आफ्नो उम्मेदवारी समाबेशी समाजबादी पार्टीको तर्फबाट भएको जनाएकी छन। कुनै ब्यक्ति विशेषको बिरुद्दमा आफ्नो उम्मेदवारी नभएको तथा राज्य र समाजबाट तेस्रोलिङ्गीहरुले भोगीरहेको अपमान, असमानता र बहिस्कारको बिरुद्द भएको पनि उनले जनाएकी छन । आफ्नो समुदायको अधिकार र पहिचानको लागि आफुले उम्मेदवारी दिएको पनि उनले स्पष्ट गरेकी छन । नुमा लिम्बुले पत्रकार सम्मेलनमा एक बिज्ञप्ति बितरण गरि नामै तोकेर गगन थापा, रबी लामिछाने, बालेन शाह, प्रचण्ड, केपी ओली, कुलमान घिसिङ र राजेन्द्र लिङ्देनलाई देशमा समानता र समाबेशीता कायम गर्ने हो भने आफुलाई सहयोग गर्न अनुरोध समेत गरेकी छन । उनले आफ्नो उम्मेदवारी पितृसत्तात्मक संरचना बिरुद्द र समानता र न्यायको पक्षमा भएकोले सबै महिलाहरुलाई सहयोग गर्न पनि अपिल गरेकी छन । नुमाले उम्मेदवारी दिएको मोरङ ४ मा काङ्ग्रेसबाट गुरुराज घिमिरे, एमालेबाट जीवन घिमिरे, नेपाली कम्युनिष्ट पार्टीबाट अमनलाल मोदी, रास्वपाबाट सन्तोश राजबङ्शी लगायत छन ।

admin

Recent Posts

तीन दिने AI तालिम सम्पन्न

बिराटनगर / २०८३ असार २२ /बिराटनगरमा आज ३ दिने AI तालिमको समापन गरिएको छ ।…

2 days ago

कक्षा १२ को नतिजाप्रति असन्तुष्टि: विद्यार्थीहरू माइतीघरमा आन्दोलित हुँदै, प्रशासनको अनुमति

काठमाडौं । कक्षा १२ को परीक्षाफल र मूल्याङ्कन प्रक्रिया त्रुटिपूर्ण रहेको भन्दै असन्तुष्ट विद्यार्थीहरूले राजधानीको…

2 weeks ago

धर्म संस्कृति रक्षाका लागि कन्सर्ट हुने

बिराटनगर / २०८२ जेठ २६ / बिराटनगरमा यही जेष्ठ ३० गते एकदिने भजन क्लबिङ कन्सर्ट…

4 weeks ago

पत्रकार महासंघ, मोरङको साधारण सभा सम्पन्न

बिराटनगर / २०८३ जेठ ०८ /नेपाल पत्रकार महासंघ, मोरङ शाखाको १४ औ साधारण सभा हिजो…

2 months ago

बिराटनगर जुटमिल पु:न संचालन गर्न माग

बिराटनगर / २०८३ बैशाख २३ / केही दिनदेखि चर्चामा रहेको बिराटनगर जुट मिलका मजदुरहरुले मिल…

2 months ago

प्रेस स्वतन्त्रता दिवसमा बिबिध कार्यक्रम

बिराटनगर / २०८३ बैशाख २० / पैतिसौ विश्व प्रेस स्वतन्त्रता दिवसको उपलक्षमा नेपाल पत्रकार महासंघ,…

2 months ago