बिराटनगर / २०८२ पुस १९ / उद्योग ब्यापार संगठन, मोरङको आयोजनामा गत पुस ९ गतेदेखि सुरु भएको बिराट ट्रेड एक्स्पो २०८२ नामक मेला आज १९ गते सकिएको छ । मेलास्थल बिराटनगर – १ स्थित शान्ती चोकमा आज बिहान आयोजना गरिएको धन्यबाद ज्ञापन कार्यक्रममा यस बर्षको एक्स्पो सफल भएको दाबी गरिएको छ ।
आजको धन्यबाद ज्ञापन कार्यक्रममा बोल्दै आयोजक संस्थाका अध्यक्ष अनुपम राठीले बिगतका एक्स्पोहरुबाट केही निरास भएको उद्योग व्यापार संगठन यस बर्षको एक्स्पोबाट भने केही प्रोत्साहित बनेको बताउनु भयो । यो एक्स्पो ब्यबसायीहरुलाई उत्साहित बनाउन सफल भएको उहाको दाबी थियो ।
बिराट ट्रेड एक्स्पो २०८२ का संयोजक अमित शारडाले सबैपक्षको सहयोगले यो सफल भएको दाबी गर्नुभयो । सल्लाहकार नवीन रिजालले एक्स्पो सफल बनाउन सक्रिय रहने सबैलाई धन्यबाद ज्ञापन गर्नुभयो । स्टल संचालक रुचिका जैनले आफुजस्ता युबा उद्यमीको लागि यो राम्रो मौका भएको र युबा उध्यमीहरुलाई उत्पादन बढाउन हौसला प्राप्तभएको बताउनु भयो ।
यस बर्षको एक्स्पोमा १९२ स्टल रहेको, अटोमोबाइल र खानाका ३६ पसल रहेको बताइएको छ ।मेलामा एकलाख पचास हजार बढी मनिसहरुले भ्रमण गरेको तथा करिब ५० करोड रुपैया बराबरको कारोबार भएको कुरा एक्स्पो संयोजक अमित शारडाले जानकारी दिनुभयो ।
बिराटनगर / २०८३ असार २२ /बिराटनगरमा आज ३ दिने AI तालिमको समापन गरिएको छ ।…
काठमाडौं । कक्षा १२ को परीक्षाफल र मूल्याङ्कन प्रक्रिया त्रुटिपूर्ण रहेको भन्दै असन्तुष्ट विद्यार्थीहरूले राजधानीको…
बिराटनगर / २०८२ जेठ २६ / बिराटनगरमा यही जेष्ठ ३० गते एकदिने भजन क्लबिङ कन्सर्ट…
बिराटनगर / २०८३ जेठ ०८ /नेपाल पत्रकार महासंघ, मोरङ शाखाको १४ औ साधारण सभा हिजो…
बिराटनगर / २०८३ बैशाख २३ / केही दिनदेखि चर्चामा रहेको बिराटनगर जुट मिलका मजदुरहरुले मिल…
बिराटनगर / २०८३ बैशाख २० / पैतिसौ विश्व प्रेस स्वतन्त्रता दिवसको उपलक्षमा नेपाल पत्रकार महासंघ,…