२०७६ भदौ १

bhojpurma 3 dinma yasto bhayo/भोजपुरमा तीन दिनमा यस्तो भयो हेर्नुस्

भोजपुरमा स्वास्थ्य शिविरबाट एक हजार भन्दा बढिले सेवा लिए
अर्जुन बस्नेत
भोजपुर, १२ चैत । भोजपुरमा मृगौला, थाइराइड, हर्निया र पाइल्स् पिस्टुला जस्तो रोगको उपचार गर्न निकै पैसा र समय खर्चेर जिल्ला बाहिरा जानु पर्ने बाध्यता रहेको छ । यस्तै दमको रोगले निकै समय थला परेकी भोजपवुर वोखिम की ४१ वर्षिया कोसेली राई भोजपुर हस्पीटलमा निःशुल्क स्वास्थ्य शिविर बस्दैछ भन्ने रेडियोबाट सुचना सुने पछि उपचारका लागि जिल्ला अस्पताल आईन् । न भन्दै उनले शिविरबाट उपचार पनि पाईन ।
आफुसंग पैसा नभएको र कामले गर्दा जिल्ला वाहिर गएर उपचार गराउन नसकेकी राईले जिल्लामा नै निशुल्क उपचार पाउँदा निकै खुसी भईन् । उपचार पाएपछि मेरो पैसा र समयको बचत घरको काम पनि भ्याउने भए । उनले खुसी हुदै सुनाईन् । अर्का शिविरमा चेक गराउन आएका भोजपुर नगरालिका ९ का विरामी कुमार तामाङ्गले उपचार पछि खुसी व्याक्त गर्दै भने “हामी एउटा सानो रोगको उपचार जिल्लामै गराउँन पाउदा ज्यादै खुसी छौ ।” उनीहरु त एक उदाहरण मात्र हुन् । उनी जस्ता विरामी भएर पनि उपचार गराउन नसकेका एक हजार ५२ जना भोजपुरमा आयोजीत तीन दिने स्वास्थ्य शिविरबाट विरामीले सेवा लिए ।
भोजपुर सेवा समाज सुनसरीको प्राविधिक सहयोग र जिल्ला अस्पताल विकास समिति भोजपुर र भोजपुर नगरपालिकाको व्यावस्थापनमा भएको निशुल्क स्वास्थ्य शिविरमा विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानका स्त्री रोग, पाइल्स, फिस्टुला, जेनेरल फिजीसीयन जस्ता रोगकका विशेषज्ञको टोलीले हाडजोर्नी, प्रसुती रोगी, आङ खस्ने, पाठेघरमा मासु पलाएको लगायत विरामीहरुले वढि मात्रामा सेवा लिएको डा. मनोज शाहले बताए ।
भोजपुरमा नै उपचार गराउँन पाउँदा समय र पैसाको बचतसंगै आफ्नै ठाउँमा सहज उपचार गराउन पाएको स्थानीयको भनाई छ । निशुल्क स्वास्थ्य शिविरमा महिलाले बढि सेवा लिलएका छन् । महिलामा विभिन्न खालका समस्याहरु देखा पर्ने भएकाले पनि स्वास्थ्य जाँच गराउनेमा महिलाको संख्या बढि देखिएको हो । शिविरमा महिला ८ सय ३७ जना र २ सय १५ जना पुरुषले सेवा लिएको आयोजकले सुनसरी सेवा समाजका सदस्य गोपी योगीले जानकारी दिए । पैसा अभावका कारण जिल्ला बाहिरा उपचार गराउन जान नसक्ने भोजपुरका जनतालाई आफ्रनै ठाउँमा निशुल्क उपचार गराउने उद्धेश्यका साथ उक्त तीन दिने निशुल्का शिविर आयोजना गरेको भोजपुर नगरपालिकाका प्रमुख मेयर कैलाश कुमार आलेले बताए ।