२०७६ भदौ १

यस्तो हुदैछ ऐतिहासिक भोजपुर डवली मेला भिडियोमा हेर्नुस्

भोजपुरमा ऐतिहासिक भोजपुर डवली मेला सुरु भएको छ । यति खेर भोजपुरको स्थानीय टुडिखेलमा मेला लागी रहेको छ । भोजपुर समाज विकास संस्था भोजपुरको आयोजनामा माघ १० गतेवाट सुरु भएको मेला फागुन ४ गते सम्म लाग्ने छ ।
ऐतिहासिक भोजपुर डवली मेला २०७५ लाई माघ १० गते अर्थात विहिवार भोजपुर सदरमुकाम स्थित स्थानीय टुडिखेलमा जिल्ला समन्वय समितिका सभापति लक्ष्मण खड्का र भोजपुर नगरपालिकाका मेयर कैलाश कुमार आलेले संयुक्त रुपमा रिवन काटी ऐतिहासिक डवली मेला उद्घाटन गरेका छन् ।
भोजपुर समाज विकास संस्थाको आयोजनामा माघ १० गते देखि फागुन ४ गते सम्म मेला लाग्ने छ । डवली मेला डवली मेलमा, राडीपाखी भोजपुरे खुकुरी, भोजपुरे करुवा, कृषि जन्य उत्पादनहरु प्रदशनी तथा विक्रि र स्थानीय स्तर र राष्ट्रिय कलाकारहरुको वेजोड प्रस्तुति रहने भोजपुर समाज विकास संस्थाका अध्यक्ष देउप्रकाश राईले बताएका छन् ।
मेलामा निशुल्का स्वास्थ्य शिविर, अन्तर विद्यालय हाजिरी जवाफ प्रतियोगिता, लोक दोहोरी प्रतियोगिता, भोजपुर आइडलको दोस्रो अडिसन, तेजेन्द्र गन्र्दभको प्रस्तुती रहने आयोजकले जनाएको छ ।
मेलामा ५० लाखको कारोवार गर्ने लक्ष्य आयोजकले राखेको छ । मेलामा ३३ वटा स्थल रहेको अध्यक्ष राइइले सेतोकलम अनर्लानलाई लाई बताएका छन् ।