२०७६ साउन ५

भोजपुरको विच बजारमा सेफ फोरेर यसरी भयो सुन र पैसा चोरी (भिडियो सहित)

भोजपुरको विच बजारमा सेफ (लक्करमा) साढे सात लाखको सुन चोरी
अर्जुन बस्नेत
भोजपुर, १० वैशाख । भोजपुरको विच बजारमा साढे सात लाखको सुन चोरी भएको छ । गत राती विच बजारमा रहेको बद्री श्रेष्ठको हाड्वायर पसलमा सेफ (लक्करमा) राखेका साढे १२ तोला सुन र २२ हजार ६ सय पैसा चोरी भएको छ ।
भोजपुरको विच बजारमा प्रहरी विटबाट करिव ५० मिटरको दुरीमा रहेको बद्री श्रेष्ठको पसलमा रहेको पसलको पछाडी रहेको बाथरुमको झ्यालको रड तानेर बङ्गाएर बाथरुमबाट छिरी चोरले रातीको समयमा चोरी भएको जिल्ला प्रहरी कार्यलय भोजपुरका प्रहरी निरिक्षक पान्डप राजवंशीले जानकारी दिए ।
बद्री भाडा पसलका प्रोपाइटर बद्रि श्रेष्ठ विहान साठ बजे पसल खोल्ने क्रममा भाडाहरु लडेको देख्दा पसलमा चोरी भएको थाहा पाएको पसलका प्रोपाइटर बद्रि श्रेष्ठले जानकारी दिए । यता प्रहरीले चोरको खोजी कार्य जारी राखेको जनाएको छ । चारैतिर रहेको प्रहरीको प्रहरी विटबाट खोजी कार्य भएको र जिल्लामा रहेको अनुशन्धनको टोलीले विशेष अनुशन्धान गरिरहेको प्रहरी निरिक्षक राजवंशीले जानकारी दिए । केहि समय अघि भोजपुरको जिल्ला प्रहरी कार्यालयको प्रहरी विट नजिकै रहेको मन्दिरमा रहेको दान पेटीका समेत चारी भएको थियो ।