२०७६ कार्तिक २६

पौवादुङ्मा गाउँपालिकामा तालाबन्दी गर्दा स्थानीय र प्रहरी विच भयो यस्तो हालत पुरा भिडियो हेर्नुस्

भोजपुर, ११ भदौ । भोजपुरको पौवादुङ्मा गाउँपालिकामा तालाबन्दी गरेका छन् । महिना अगाडी इन्जीनियर, सव इन्जिनीयर र अहेवको मौखिक परिक्षा लिई हालसम्म पनि नतिजा प्रकाशन नगरेको भन्दै प्रतिपक्ष दल नेपाली कांग्रेस पौवादुङ्मा र स्थानीय सराकारवालाले पालिकाको अध्यक्ष, उपाध्यक्ष र प्रमुख प्रशासकिय अधिकृतको कार्यकक्षमा तालाबन्दी गरेका छन् ।

पालिका अध्यक्ष र उपाध्यक्षको भागबन्डा नमिलेका कारण परिक्षाको नतिजा प्रकाशन नगरेको प्रतिपक्ष दल नेपाली कांग्रेस पौवादुम्माले आरोप लगाएको छ । उक्त परिक्षाको तत्काल नतिजा प्रकाशन र कोरियन भाषा प्रशिक्षण कक्षाका लागि छुट्याइएको बजेट खारेज गर्न माग गर्दै ताला लगाएका बताएका छन् ।