२०७६ भदौ १

अब अनलाईन बाटै डोनेसन गर्न सकिने

गिभिङ्ग नेपाल फाउण्डेशन द्वारा सन्चालित www.givingnepal.org मा निशुल्क डोनेसन साथै फण्डरेज गर्न सकिने l यस अनलाइन माध्यम द्वारा कुनै पनि व्यक्ति वा संस्थाले सामाजिक कामका लागी क्याम्पेन / अभियान चलाई फण्डरेज गर्न सकिने छ र त्यस अभियानका समर्थकले संसारको जुनै पनि ठाउबाट डोनेसन गर्न सक्नेछ l यस प्लाट्फर्ममा सामजिक काम जस्तै क्यान्सर जस्ता भयानक रोग लागी उपचार खर्च नपुगेका पिडित व्यक्तिहरुका लागि, स्कुल जान नपाएका गरीब परिवारका बाल बच्चाहरुका लागी, दृस्टी बिहिन्- असक्त ब्यक्तिका लागि, आफ्ना छोरा छोरी बाट अपहेलित आमा बाबाहरुका लागि, भूकम्प-बाडि-पहिरो- आगलागी जस्ता प्राकृतिक प्रकोप पिडितहरुका लागि, जनवारहरुको उपचारका लागी वा कुनै पनि समाजिक हितका लागी यस प्लाट्फर्ममा सुरक्षित, सहज, पारदर्सी साथै निशुल्क अभियान चलाई फण्डरेज गर्न सकिन्छ l

यस गिभिङ्ग नेपाल फाउण्डेशनका संस्थापक उद्यमी तथा मानवअधिकारवादी भुपेन बि तुम्बापो हुन, उहाले धेरै वर्ष अगाडी देखी सामाजिक काममा सङ्लग्न रही भुकम्प पिडितहरुका लागी राहत सङ्कलन्, आगलागी – बाडी पीडित, क्यान्सर पीडितहरुका लागी आर्थीक सङ्कलन गरी सामाजिक सेवामा टेवा पुराउदै आइरहनु भएको छ । त्यसरि परम्परागत तरिकाले पीडितहरुका लागी आर्थीक सङ्कलन गर्ने क्रममा अपारदर्सि, असुरक्षित र असहज भएको महशुस गरी डोनेसन र फण्डरेजलाई सुरक्षित्, सहज्, पारदर्सी साथै निशुल्क बनौन गिभिङ्ग नेपाल फाउण्डेशन यहि फाल्गुन १२ गते देखि शुरु गरेका हुन र फाउण्डेशनलाई व्यवस्थापन तथा सन्चालन गर्न सम्पूर्ण खर्च संस्थापक स्वयमले बेहोरि रहेका छन l उहाले भनेका छन-” हामि नेपालिहरु प्राक्रितिक रुपमै सहयोगि छौ, केहि आपत बिपत परेका आफन्त होस वा पराइ, केहि नभए पनि सहयोग गर्न तत्पर हुन्छौ l यहि सुन्दर सहयोगि नेपालिहरुका मनलाइ सधै सधैका लागि उचाइमा राख्न विश्वासको खाचो छ र त्यहि विश्वास टेक्नोलोजिको प्रयोग गरि गिभिङ्ग नेपाल फाउण्डेशनले दिलाउने छ ” l
१. सुरक्षित कसरी ?
डोनरहरुका लागी
यस प्लाट्फर्म मार्फत डोनेट गर्दा सम्पूर्ण पार्टिकुलर्स व्यक्तिगत विवरण, क्रेडिट कार्ड विवरण सुरक्षित हुनेछ । गिविङ नेपाल सर्भरको जडान सुरक्षित SSL प्रविधिको प्रयोग गरेर इन्कृप्ट गरिएको छ। यसैले हाम्रो वेबसाइट “HTTPS” सँग सुरु हुन्छ र अधिक सामान्य र असुरक्षित “HTTP” बाट होइन। चाडै हाम्रो भुक्तानी गेटवे पि सि आइ स्तर १ अनुपालन बनौने छौ । यस प्लाट्फर्ममा बनाइने सबै लेनदेन ३-डी सुरक्षित हुनेछ जस्ले गर्दा सुरक्षा बढाउँछ र तपाईंको क्रेडिट कार्डको दुरुपयोग रोक्छ।
अभियानकर्ताहरुका लागि
गिभिङ्ग नेपाल फाउण्डेशन द्वारा अभियान चलाई जती पनि सहयोग रकम सङ्कलन हुन्छ सम्पूर्ण रकम फाउण्डेशनको आधिकारीक बैन्क खातामा जम्मा गर्नेछौ जस्ले गर्दा सङ्कलीत कोश हराएर जाने भन्ने बाट सुरक्षित हुनेछ र हेरेक १५- १५ दिनमा सङ्क्लित रकम हेरर अभियानकर्ता मार्फत सम्भन्धित पीडित समक्ष्य पुरौने छौ l

२. सहज कसरी ?

डोनरहरुका लागी

डोनरले सजिलो तवरले जुनै पनि बेला, स्वदेश होस या प्रदेश जुनै पनि ठाउबाट साधरण कम्प्युटर वा मोबाइल प्रयोग गरी आफुलाई मन लागेका कुनै पनि सामजिक काममा निर्धक्क सँग डोनेट गर्न सकिन्छ । चाडै बिदेशमा बस्नेहरुका लागी इस्ट्रैप सँग सहकार्य गरी भिस्सा, मास्टर कार्ड प्रयोग गरी डोनेट गर्न सजिलो बनौनेछौ र स्वदेशमा बस्नेहरुका लागी नेपालका बिश्वाससिलो पेमेन्ट गेटवे इसेवा, खल्ती सँग सहकार्य गर्ने योजना बनएकाछौ जस्ले गर्दा डोनेट गर्न अझ सजह हुनेछ l

अभियानकर्ताहरुका लागि

यस प्लाट्फर्ममा अभियानकर्ताहरुले अभियान चलौन एक सामान्य फर्म भरी अभियान चलाउन सकिन्छ र रकम कस्ले कती कुन मितीमा भनि लेखी राक्न पनि जरुरत हुन्न किनकि प्लाट्फर्ममा स्वत खुल्ला रुपमा देख्न सकिन्छ ।

३. पारदर्सी कसरी ?

डोनरहरुका लागी

यस प्लाट्फर्ममा मार्फत डोनेट गर्दा डोनरको नाम, रकम साथै मिती खुल्ला रुपमा देक्न सकिन्छ र जम्मा रकम कती सङ्कलन् भयो, त्यो पनि देख्न सकिन्छ । यती सहयोगिले आफ्नो पहिचान खुलौन चाहन्दैन भने त्यो विकल्प पनि रlखिएको छ । सहयोगिले सहयोग गरेको सही सदुपायोग भयो भएन अपडेटबाट पनी थाहा पाउन सकिन्छ l

अभियानकर्ताहरुका लागि

प्लाट्फर्ममा अभियान चलौन गिभिङ्ग नेपाल फाउण्डेशनको प्रमाणिकरणमा गएर मात्र अनुमोदन हुनेछ । सङ्कलन् रकम कस्ले कती कुन मितिमा सहयोग भयो भनि सम्पूर्ण बिबरण खुल्ला रुपमा प्लेटफार्ममा देख्न सकिने छ l

४.निशुल्क कसरी ?

गिभिङ्ग नेपाल फाउण्डेशनलाई व्यवस्थापन तथा सन्चालन गर्न सम्पूर्ण खर्च संस्थापक स्वयमले बेहोरि रहेका छन र जती पनि गिभिङ्ग नेपाललाई उचाइमा लान दिनरात खटी रहने कर्मचारीहरु गजेन योङ्हाङ, रोहित, रन्जना निशुल्क काम गरिरहेका छन । गिभिङ्ग नेपालले कुनै पनि शुल्क लिने छैन l र गिभिङ्ग नेपाल फाउण्डेशन प्रती सो – ईच्छाले सहयोग गर्न चाहनुहुन्छ भने गिभिङ्ग नेपालको अभियानमा गएर सहयोग गर्न सक्नु हुनेछ l
भाबी योजना
गिभिङ्ग नेपाल अझ सुरक्षित, सहज्, पारदर्शी र सदा-सदाका लागी निशुल्क बनौने संस्थापकले जनाउनु भएको छ l प्लाट्फर्ममा आउँदा दिनमा केहि नयाँ गिविङ विशेषताहरु थपेर गिभिङ्ग हबको रुपमा स्थापित गर्ने बताउनु भएको छ l फाउण्डेशनलाई मुर्तरुप दिन कोष स्थापना गर्ने र सामाजिक सस्थाहरु साथै पेमेन्ट गेटवेहरु सँग सहकार्य गर्ने योजना रहेको बताउनु भएको छ l

Loading...