२०७६ वैशाख १०

भोजपुर सदरमुकाममा दोश्रो मेयर कप फुटवल प्रतियोगिता हुने

भोजपुर, २८ माघ । पूर्वी पहाडी जिल्ला भोजपुरको स्थानिय टुँडिखेलमा आगामी फागुन १७ गतेबाट दोश्रो मेयर कप पुरुष फुटवल प्रतियोगिता आयोजना हुने भएको छ ।
भोजपुर जिल्ला फुटवल संघको आयोजनामा फागुन १७ गतेबाट २४ गतेसम्म प्रतियोगिता संचालन हुन लागेको आयोजक भोजपुर जिल्ला फुटवल संघले सोमवार पत्रकार सम्मेलन गरी जानकारी दिएको हो । संघका कोषाध्यक्ष बिनम श्रेष्ठका अनुसार प्रतियोगिताको प्रायोजन भोजपुर नगरपालिकाले गर्ने छ ।
प्रतियोगिता खुला भएकाले जिल्लामा रहेको २ नगरपालिका र ७ गाउँपालिका सहित अन्य टिमले पनि प्रतियोगितामा सहभागिता जनाउँन सक्ने श्रेष्ठले पत्रकार सम्मेलनमा जानकारी दिए । उनका अनुसार प्रतियोगितामा करिव १५÷१६ टिमको सहभागिता हुने छ ।
प्रतियोगिताका लागि करिव ८ लाख खर्च लाग्न सक्ने आयोजकले जनाएको छ । जसमा भोजपुर नगरपालिकाले ६ लाख सहयोग गर्ने छ । अन्य खर्च भने अन्य क्षेत्रबाट ब्यवस्थापन गर्न सकिने आयोजक भोजपुर जिल्ला फुटवल संघका कोषाध्यक्ष श्रेष्ठको भनाई रहेको छ ।
प्रतियोगितामा प्रथम हुने टिमले नगद २ लाख र दोश्रो हुने टिमले नगल १ लाख पाउने छन भने सेमी फाइनलमा पराजित हुने २ टिमले १०÷१० हजार पाउने पत्रकार सम्मेलनमा जानकारी गराइएको छ ।

Loading...