२०७५ फागुुण ५

कालो बजारी मौलाएको भन्दै नियन्त्रणका लागि नेविसंघ भोजपुरले वुझायो ज्ञापन पत्र

भोजपुर, २४ माघ । कालो बजारी मौलाएको भन्दै नियन्त्रणका लागि नेपाल विद्यार्थी संघ भोजपुरले ज्ञापन पत्र बुझाएको छ ।  नेपाल विद्यार्थी संघ जिल्ला कार्यसमिति भोजपुरको सभापति टार्जन राई र सचिव कमल बस्नेत नेत्रित्वको टोलीले छ वुदे माग राख्दै ज्ञापन पत्र प्रमुख जिल्ला अधिकारी हिरादेवी पौडेललाई बुझाएको छ । नेविसंघले विहिवार देशको वर्तमान परिस्थतिलाई नियाल्दै गर्दा भोजपुरका व्यापारीहरु उचित मूल्य भन्दा माथि उठेर सोझा र गरिब जनतालाई दिनदाडै लुट्ने र कालो बजारीको चैगोलमा फसाएर व्यापार गरेको भन्दै ६ वुदे ज्ञापनपत्र वुझाएका हुन् ।
नेवि संघ जिल्ला कार्य समितिका सभापति टार्जन राईको हस्ताक्षेरित विज्ञाप्तीमा एल पी (खाना पकाउने ग्यास) मुल्य निर्धारण गर्नु पर्ने, च्याङ्वेनी चोकमा अस्तवेस्त रुपमा रहेको गार्डी पार्किङ व्यावस्थित गर्नु पर्नै, भोजपुर घोरेटार गाडी भाडाको दर निर्धारण गर्नु पर्ने, बजारमा भएका खाद्य बस्तुको अनुगमन गर्नु पर्ने, बजारमा व्याप्त रुपमा फैलिएको कालो बजारी नियन्त्रण गर्नु पर्ने र विद्यालय समयमा ठुला सवारी साधन आवतजावत गनृए निशेध गर्नु पर्नै माग गर्दे ज्ञपापन पत्र बुझाईएको छ ।

नेवि संघले राखेका माग एक हप्ता भित्रमा पुरा नगरे नेविसंघ सशक्त विद्रोहमा उत्रने समेत चेवनी समेत सभापति राईको हस्तक्षेरित विज्ञाप्तीमा भनिएको छ ।
यता प्रमुख जिल्ला अधिकारीले भने नेपाल विद्यार्थी संघले राखेको माग सकरात्मक भएकमो भन्दै चाडै माग पुरा पुने बताएकी छिन् । अधिकारी पौडेलले नेविसंघले राखेका केहि मागको माग भै रहेको समेत बताईन् ।

Loading...