२०७५ फागुुण ५

अधिनायकवाद र सर्वसत्ताबाद लाद्ने ओलीकाे सरकार दिन गन्ती सुरु भयो : सभापती राई

भोजपुर, २१ माघ । अधिनायकवाद र सर्वसत्ताबाद लाद्ने ओली सरकारको दिन गन्ती सुरु भएको नेपाली कांग्रेस भोजपुरका पार्टी सभापति नन्दमणी राईले बताएका छन् ।

अधिनायकवाद र सर्वसत्ताबादको विरोधमा भोजपुरमा नेपाली कांग्रेसले गरेको विरोध सभालाई सम्वोधन गर्दै सभापति राईले यस्तो बताएका हुन् । कार्यक्रमलाई सम्वोधन गर्दै ओलीले यस्तो अधिनायकवाद लादेर पाँच वर्ष शासन चलाउछु भनेर सोच्नु मुर्खता रहेको बताउदै यस्तो सोचेर अगाडी बढे ओली मात्र हैन कम्निष्ट नै सकिएर जाने बताएका छन् ।

अब ओली सरकार नसचिय सडकबाट नै सरकार ढाल्न सक्ने क्ष्मता बोकेको कांग्रेसले धेरै दिन नपखर्नै भन्दै ओली सरकार र उनका सल्लाहाकारलाई समेत चेतवानी दिएका छन् । यस्तै तवरले चल्ने हो भने कम्निष्टका कार्यकर्ता र मतादाताले सोच्ने बेला आएको बताए ।
संसदमा सुरक्षाकर्मी प्रयोग गरेर जर्वजस्ती विधयक पास गरियो यो १० महिनाको विचमा सरकारले गरेको अत्याचार गरी राष्ट्रघाती कामहरु गरिरहेको हुनाले कांग्रेस प्रतिपक्षको भुमिकामा रहेर सधै खवरदारी गरिरहेको सभापति राईले बताए ।

यस्तै कोणसभालाई सम्वोधन गर्दै नेपाल तरुण दल भोजपुरका सभापति सरोज बस्नेतले दुई तिहाईका दम्बका साथ सरकार जनताको इच्छा चाहाना विपरित लागेको हुदा सरकारले कांग्रेसलाई सडकमा उत्रन बाध्य बनाएको बताएका छन् । लोकतन्त्रको नाममा अधिनायकबाद तर्फ उन्मुख भएको यो सरकारलाई दवाव दिन देशका ७७ वाटै जिल्लामा विरोध कार्यक्रम गरिरहेको बताए । जनताको इच्छा विपरित सरकार लागे र सरकार नसुध्रिए जनताको हित र राष्ट्रको शिर उच्च राख्न कडा आन्दोलनका साथ ओली नेत्रित्वको सरकार ढाल्न समेत कांग्रेस पछि नपर्ने बस्नेतले बताए ।

Loading...