संखुवासभा, १५ माघ । संखुवासभाको खाँदबारी नगरपालिकामा आयोजित निःशुल्क आँखा तथा कानको जाँच शिविरमा ८ हजार बढीले सेवा लिएका छन् ।
खाँदबारी नगरपालिका र नेपाल नेत्रज्योति सङ्घ तेजरत्न आँखा तथा कान उपचार केन्द्रको संयुक्त आयोजनामा भएको शिविरमा ८ हजार ५ सय २७ जनाले सेवा लिएको तेजरत्न आँखा तथा कान उपचार केन्द्रका इन्चार्ज क्षितिज बरालले बताए । गत माघ २ गतेबाट शुरु भएको शिविर सोमबार सम्पन्न भएको हो ।
शिविरमा नगरक्षेत्र भित्रका ३८ वटा विद्यालयका ७ हजार १५ जनाले आँखा तथा कानको जाँच गराएका छन् । त्यस्तै, १ हजार ५ सय १२ जना स्थानीयले आँखा तथा कानको जाँच गराएका थिए ।
स्थानीयमध्ये ९५ जनामा मोतियाबिन्दु भेटिएको र ३ सय विद्यार्थीको पुनः आँखाको जाँच गर्नुपर्ने भएकाले खाँदबारी रिफर गरिएको बरालले बताए । बरालका अनुसार विद्यार्थीहरूमा ४० जनामा कानको जालीमा प्वाल परेको भेटिएको छ । स्थानीय ६० जनाको कानको जालीमा प्वाल परेको भेटिएको छ ।
शल्यक्रिया गर्नुपर्ने किसिमको मोतियाबिन्दुका रोगीहरूको शल्यक्रिया माघ २५ र २६ गते गरिने भएको बरालले बताए । शिविरमा ६ सय जनालाई निःशुल्क चस्मा वितरण गरिएको थियो ।
भोजपुर, ५ फागुन । भोजपुरको समृद्धिका लागि...
गोकुल भुजेल, भोजपुर । भोजपुर जिल्ला स्थीत अरुण...
भोजपुर, ३ फागुन । भोजपुरको साल्पासिलिछो गाउपालिमा...
संखुवासभा, फागुन २ –धार्मिक एकताको ज्ञान महायज्ञमा...
भोजपुर, २ फागुन । जिल्ला अदालत भोजपुरमा...
पछिल्लो समय संखुवासभालाई खेलकुद हवको रुपमा विकास...
काठमाडाैँ, २९ माघ । नेपाली कांग्रेसका प्रभावशाली...