२०७६ भदौ १

भ्वाइस अफ मकालु–२०७५ हुने

संखुवासभा, ६ माघ । संखुवासभामा पहिलो पटक भ्वाइस अफ मकालु हुने भएको छ । सुरशाला म्युजिक एण्ड डान्स एकेडेमी खाँदबारीले गायन प्रतियोगिता भ्वाइस अफ मकालु गर्ने भएको हो । प्रतियोगिता प्रदेश नं. १ स्तरीय हुने एकेडेमीका अध्यक्ष कुमार अनुरागीले बताए ।

प्रतियोगिताको विभिन्न जिल्लाहरुमा यही माघ १ गते देखि अडिसन सुरु हुने अध्यक्ष अनुरागीले बताए । कला संस्कृतिको जगेर्ना, विकास, प्रोत्साहन र संरक्षण गर्दै पर्यटकिय प्रबद्र्धनको उद्देश्यका साथ भ्वाइस अफ मकालु गर्न लागेको अध्यक्षले बताए ।

यसअघि पनि जिल्ला तथा प्रदेश स्तरीय नृत्य तथा गायन प्रतियोगिताको आयोजना गरिसकेको एकेडेमीले विश्वको पाँचौ अग्लो हिमाल मकालुको नामबाट संस्कृति संरक्षणको लागि सन्देश दिन लागेको हो । प्रतियोगिताको फाइनल चैत्र ३० गते मकालु गाउँपालिकाको नुम बजारमा हुनेछ ।
प्रतियोगिताको विजेताले नगद रु १ लाख पाउने छ भने उत्कृष्ठ ५ जनाले संयुक्त गीति एल्वममा स्वरबद्ध गर्नेछन् ।

Loading...