२०७६ असार ४

जनप्रतिनिधीलाई कम्प्यूटर तालिम

 भोजपुर । साल्पासिलिछो गाउँपालिकाले आफ्ना जनप्रतिनिधीलाई कम्प्यूटर दक्षता सम्बन्धि १० दिने आईटी तालिम दिएको छ । जनप्रतिनिधीलाई व्यवहारिक मात्र नभई प्रविधि सम्बन्धि ज्ञानमा पनि सक्षम बनाउन तालिम दिईएको जनाईएको छ ।

प्रविधि सम्बन्धि ज्ञानमा अनविज्ञ जनप्रतिनिधीलाई कम्प्यूटर र ईमेल, ईन्टरनेट चलाउन सक्ने क्षमताको विकास गराउन गाउँपालिकाले गाउँपालिका र ६ वटै वडाका जनप्रतिनिधी र कार्यपालिकाका सदस्य लगायत १४ जनालाई तालिममा सहभागी गराईएको गाउँपालिकाका सुचना तथा सञ्चार प्रविधि अधिकृत ईश्वर प्रसाद भट्टले जानकारी दिए ।

Loading...