२०७५ फागुुण ५

सुरक्षित रोजगारी, सहज स्वस्थ्यको पहुच र पारिश्रमिकको ब्यबस्थापनमा तरुणदलको ध्यानकार्षण

भोजपुर, २८ मंसीर । नेपाल तरुणदल केन्द्रिय उपाध्यक्ष उत्तम चापागाईको नेत्रित्वको टोलीले कत्तार स्थित नेपाली श्रमिकको सुरक्षित रोजगारी, सहज स्वस्थ्य परिक्षण पहुच, र सहज रुपमा पारिश्रमिकको ब्यबस्थापन गर्न कत्तार स्थित नेपाली राजदुतावासलाई आग्रह गर्दै ध्यानकर्षण गराएका छन् । नेपाली श्रमिकको अवस्था बुझ्न कतार गएका चापागाईको टोलीले राजदुत रमेश कोईराला र कत्तारका उच्च स्तरिय कर्मचारीहरुसंग छलफलमा यस्तो आग्रह गरेका हुन् । चापागाईले उक्त छलफल कार्यक्रममा नेपाली कामदारको विषयमा ध्याणकर्षण गराएका छन् । राजदुत रमेश कोइरालासंगके भेटमा चापागाईले कामदारको अवस्था र उनिहरुको सुरक्षा लगायत विषयमा जानकारी लिएका थिए ।
सहज स्वास्थ्य परिक्षणको व्यवस्था नहुदा नेपाली कामदारको मृत्यु भएका घटनालाई देखाउदै नेपाल तरुण दलले कामदारको सहज स्वास्थ्य परिक्षणको व्यवस्था मिलाउन नेपाली दुतावासलाई आग्रह गरेको हो । नेपालीहरुको ठुलो हिस्सा कतारमा छ तरुणदलका उपाध्यक्ष उत्तम चापागाईले भने, ‘ उनिहरुले कमाएर ल्याएको पैसाले नेपालको अर्थतन्त्र र उनिहरुको परिवार धानिएको छ । त्यसैले कामदारका परिवारको स्वास्थ्य विमा र निःशुल्क वा सस्तोमा स्वास्थ्य परिक्षण गर्ने सहज व्यवस्था कतारमा पनि गरिनु पर्छ ।’ उनले भने, ‘देशको अर्थतन्त्र धान्ने कामदारको स्वास्थ्यलाई सरकारले अहिलेको अवस्थामा कमजोर ठान्न मिल्दैन ।’ चापागाईले वैदेशिक रोजगारमा गएका युवा युवतीहरु स्वास्थ्य रहेको खण्डमा राज्यलाईनै फाइदा पुग्ने बताए । नेपाली कामदारहरु विदेशमा मर्ने घटना बढीरहेको भन्दै सरकारले नेपाली दुतावासहरुमा स्वास्थ्य सहचारी टोलि राख्नुपर्ने बताए ।
अधिकांस मानिस अशिक्षित भएका कारण सम्बन्धीत देशको भाषा र वातावरणबारे जानकारी नहुदा आफुलाइ भएको स्वास्थ्य समस्या लुकाउने गरेका छन् । भाषाले गर्दा आफुलाइ भएको स्वास्थ्यको समस्या नभन्ने र अस्पताल समेत जादैनन् जसले गर्दा कतिपयको मृत्यु भएको छ चापागाई भन्छन । नेपालबाट हरेक दिन १ हजार देखि १२ सय सम्म रोजगारको खोजिमा युवाहरु विदेशिने गरेको श्रम मन्त्रालयले जनाएको छ ।
यस्तै नेपाली श्रमिक अजात भिषामा आउने र अजात भिषमा आउनेहरु कत्तारमा समस्यामा परेको विषयमा थप जानकारी लिदा अजात भिषको कुनै व्यावस्था नभएको दुताबासले बताएको चापागाईले बताए । यस्ता अजात भिषाको भ्रममा नर्पन आग्रह गरे । टेलीले कामदारको सहज रुपमापारिश्रमिकको ब्यबस्थापन गर्न पनि दुतावासलाई भनेको छ । कतारका लागि नेपाली राजदूत रमेश कोईरालाले आफ्नो गंभिर ध्यानाकर्षण भएको भन्दै समस्या समाधान तर्फ अग्रसर हुने बताए । केही समस्याहरु रहेका छन् त्यसलाई सुधार गर्न हामी लागि परेका छौं कोइरालाले उनले भने ।
नेपाली श्रमिकले कत्तारमा रोजगारीको सिलसिलामा धेरै समस्या झेल्नु परेको बताउँदै यस प्रति दुताबास सचेत भएर नेपाली श्रमिकको समस्या हल गर्न तर्फ लाग्न ध्यानकार्षण समेत गराउदै नेपाली श्रमिकहरुलाई हप्ताको प्रत्येक शुक्रवार जनचेतना मुलक कार्यक्र गर्न समेत आग्रह गरेका छन् । हाल कत्तारमा नेपाली श्रमिक चार लाखको हाराहारीमा रहेका छन् ।

Loading...