२०७६ असार ४

सरकारले गरेको १० प्रतिशत भाडा बृद्धि तत्काल फिर्ता नगरे देशभर आन्दोलन गर्ने नेविसंघको चेतावनी

काठमाडौं, ७ असोज । नेपाल विद्यार्थी संघले दसैंको मुखैमा सार्वजनिक यातायातको भाडा बृद्धि गरेको भन्दै तत्काल फिर्ता लिन माग गरेको छ । दसैंको मुखमा सिन्डिकेटलाई प्रोत्सहान गर्ने गरी सरकारले भाडा बृद्धि गरेको भन्दै तत्काल फिर्ता नलिए सशक्त आन्दोलन गर्ने चेतावनी विद्यार्थी संघले दिएको छ ।

‘वर्तमान सरकारले जनतालाई महंगीको मारमा पार्ने गरी १० प्रतिशत भाडा बृद्धि तत्कालि फिर्ता लिन नेविसंघले माग गरेको छ,’ नेपाल विद्यार्थी संघका महामन्त्री कुन्दन काफ्लेले भने । विगतमा सिन्डिकेट तोडे भनेर ध्वास दिएको सरकारलेनै सिन्डिकेट व्युताउनेगरी व्यवसायीको हितमा भाडा बृद्धि गरिएको महामन्त्री काफ्लेको आरोप छ ।

सरकारले यातायात व्यवसायीहरूले दशैंको अग्रिम टिकट बुकिङ नै रोकेपछि शनिवार राती १० प्रतिशत भाडा बढाउने सहमति गरेको हो ।

हालै मात्र इन्धनको मूल्य बृद्धि भएपछि व्यवसायीले ५ गतेबाट खुला गर्ने भनिएको अग्रिम टिकट बुकिङ रोकेका थिए ।

इन्धिनको मूल्य फिर्ता लिनुको सट्टा भाडा बढाउनुले ओली सरकार जनता माझ नाङिएको समेत आरोप महामन्त्री काफ्लेले लगाए । ‘यो भाडा बृद्धि तत्काल फिर्ता नभएर देशभर नेविसंघ आन्दोलित हुन्छ र फिर्ता गर्न बाध्य पार्छ,’ काफ्लेले भने ।

Loading...