२०७६ भदौ १

भोजपुरकी सविना रार्इ दुर्घटनामा परी मृत्यू

 

भोजपुर, १४ साउन । भोजपुरकी सविना राईको दुर्घटनामा मृत्यू भएको छ । पोखराबाट काठमाडौँ तर्फ जादै गरेको माइक्रो बस र ट्रक एक आपसमा ठोकिदा राईको मृत्यू भएको छ भने २५ जना यात्रु घाईते भएका छन् ।

भोजपुर नगरपालिका वाड नं. ५ वोखिम कि साविनाराईको दुर्घटना पछि उपचारको क्रममा पोखरा स्थित मणिापाल अस्पतालमा मृत्यू भएको जिल्ला प्रहरी कार्यालय तनहुले बताएको छ । सविना पाेखरा भ्रमणाका लागि अाएकाे र भ्रमणा सकि फर्कदा घटना भइ मृत्यू भएकाे हाे ।

पोखराबाट काठमाडौँ जाँदै गरेको बा २ ख ११३८ नम्बरको माइक्रो बस र विपरीत दिशाबाट आइरहेको बा ४ ख ११२४ नम्बरको ट्रक पृथ्वीराजमार्ग सडक अन्र्तगत व्यास नगरपालिका वडा नं १२ छिर्कनेमा ठोकिदाँ सो दुर्घटना भएको हो ।

दुर्घटनामा सख्त घाइते भएका तीन जनाको पोखरास्थित मेट्रो सिटी अस्पतालमा उपचार भैरहेको छ भने १२ जनाको दमौलीस्थित रत्नहरी मेमोरियल अस्पतालमा उपचार भैरहेको छ ।

Loading...