२०७५ फागुुण ५

हेर्नुस् अनौठो स्कुटर, जुनलाई झोलामा लाएर बोक्न मिल्छ

उत्पादक कम्पनीहरूले विभिन्न मोडल र ब्रान्डका गाडी, मोटरसाइकल र स्कुटर विश्वबजारमा ल्याइरहन्छन् । यसै क्रममा एउटा कम्पनीले अनौठो स्कुटर उत्पादन गरेको छ । युजेट नामको कम्पनीले फोल्डिङ (पट्याउन मिल्ने) मोटरसाइकल उत्पादन गरेको हो ।

ब्याट्रीबाट चल्ने यो स्कुटर पाँच मिनेटमै फोल्डिङ गर्न सकिन्छ । ब्याट्री फुल चार्ज गरेपछि यो एक सय ५० किलोमिटरसम्म चल्न सक्छ । यसको तौल केवल ३२ किलोग्राम मात्रै छ । यसमा एउटा हाइटेक स्क्रिन राखिएको छ, जुन मोबाइल एपबाट कस्ट्रोल हुन्छ । एपकै मद्दतबाट स्कुटर लक र अनलकसमेत हुन्छ ।

यसलाई फोल्डिङ गरी कारको डिक्कीमा राखेर जहाँसुकै लैजान पनि सकिन्छ । कम तौलको भएकाले बोकेरै लैजान पनि त्यति धेरै असहज हुँदैन । युरोपमा यो स्कुटरको बिक्री सुरु भइसकेको छ । एसियामा समेत भित्राउने तयारी भइरहेको कम्पनीले जनाएको छ ।

केही दिनअघि अमेरिकाको लस भेगसमा भएको विश्वकै ठूलो इलेक्ट्रोनिक मेलामा यो स्कुटर प्रदर्शन गरिएको थियो । मोडलअनुसार यसको फरक–फरक मूल्य राखिएको छ । कम्पनीले ८० किलोमिटर गुड्ने क्षमता भएको मोडललाई ७ हजार युरो अर्थात् ८ लाख ८० हजार रुपैयाँ र एक सय ५० किलोमिटर गुड्ने क्षमता भएकोलाई ८ हजार युरो अर्थात् १० लाख रुपैयाँ मूल्य तोकेको छ । मिडीएनपीवाट

Loading...