२०७५ फागुुण ५

भोजपुर सेवा समाज युएईको अध्यक्षमा थापा

भाजपुर, ५ चैत । भोजपुर सेवा समाज युएईको दोस्रो अधिवेशन सम्पन्न भएको छ । भोजपुर जिल्लाबाट बैदेशिक रोजगारीमा दुबै रहेका भोजपुरबासिहरुको साझा संस्था भोजपुर सेवा समाज युएईको अधिवेशन युएईको राजधानी अबुदाबिमा सम्पन्न भएको हो ।

भोजपुर सेवा समाज युएईको दोस्रो चरणको अधिबेसन सम्पन्न भएको हो । अधिबेशनबाट भिम थापालाई अध्यक्षतामा २७ सदसीय समिति गठन गरिएको छ । संस्थाले सामाजिक, सांस्कृतिक तथा कुनै पनि बेला भै परि आउने दैवीप्रकोप परेको बेला सस्थाले सहयोग गर्दै आएको समितिका उपाध्यक्ष राम प्रसाद राईले बताए ।
कार्यक्रमका प्रमुख अथिति खेम राज बस्नेतले सम्पुर्ण नव निर्वाचित कार्यसमिति लाइ शफल कार्यकाल को शुभकामना दिएका थिए । उनले आफु पनि भोजपुर बासि भएकोले आफूले पनि समाज प्रति सदा तत्पर रहने बताउँदै सबै लाइ सहकार्य गर्न तयार रहेको समेत बताए ।

Loading...