२०७७ असोज २

जिल्ला अदालतद्धारा वार्षिक कार्यक्रमको समिक्षा

भोजपुर,२३ साउन । जिल्ला अदालत भोजपुरले आर्थिक वर्षमा सम्पन्न गरेको कार्यप्रगतीको विवरण सार्वजनिक गरेको छ । आज शुक्रबार जिल्लामा क्रियाशिल सञ्चाकमीसँगको अन्र्तक्रियामा २०७६÷७७को मुद्धाको लगत फछर्यौट तथा फैसला कार्यन्वयन समेतको विवरण सार्वजनिक गरेकोे हो । कार्यलयका श्रेस्तेदार नवराज कार्कीले प्रस्तुत गर्नुभएको विवरणमा दुनियावादी देवानी प्रकृतिको ११९ मुद्धा मध्य ८८ फर्छौट र ५८ बाँकी रहेको छ । त्यस्तै सरकारवादी फौजदारी ११७ मुद्धामध्य ३८ फर्छौट भईसकेको र ७९ वटा बाँकी रहेको जनाएको छ । त्यसैगरी पुनरावेदन तर्फ ६ वटामा २ फर्छौट र ४ बाँकी रहेको छ । कोरोनाको बाबजुत पनि जिल्ला न्याधिस गेहेन्द्रराज पन्तको अध्यक्षतामा बसेको अन्र्तक्रियामा मेलमिलापको ६९ थान मुद्धा दर्ता भएकोमा २१ थान सफल भएको जनाइएको छ । अन्र्तक्रियामा सम्बन्ध विच्छेद र कर्तव्य ज्यानको मुद्धा बढिरहेको उल्लेख गरिएको छ ।
जिल्ला अदालतले यस आर्थिक वर्षदेखी फरक मुद्धा व्यवश्थापन पद्धती लागु गरेर न्याय लाई छिटो छरितो गुणस्तरीय बनाउने बताएको छ ।

Loading...