२०७७ असोज २

कोरोना बढेसँगै भोजपुरमा उच्च सर्तकता

भोजपुर, साउन २३ गते । कोरोना संक्रमण बढेसँगै भोजपुरमा पनि उच्च सर्तकता अपनाउनुपर्ने भएको छ ।

बिहिबार बसेको जिल्ला संकट व्यवश्थापन केन्द्रले दिनप्रतिदिन नेपालमा कोरोना संक्रमण बढेसँगै थप सर्तकताका लागी भोजपुर जिल्लामा सवारी पास भाडा दर, कोरोना रोकथाम नियन्त्रण र उपचार, क्वारेन्टाईन व्यवश्थापन लगायतका विषयमा निर्णय गरेको नेपाल पत्रकार महासंघका उपाध्यक्ष एक्सन राईले जानकारी दिनुभयो ।

अतिआवश्यक कामले अन्तर जिल्ला र जिल्ला प्रवेशमा अनिवार्य पास लिनुपर्ने र सदरमुकाम भोजपुरबाट ट्याक्सी रिर्जभ गरेर धरान इटहरीको चौध हजार र विराटनगर सम्मको पन्ध्र हजार भाडादर कायम गरिएको छ ।

त्यस्तै व्यवश्थापन केन्द्रको बैठकले क्वारेन्टिन व्यवश्थापन, बुधबार र शनिबार लाग्ने हाटबजार व्यवश्थित, सडकमा जथाभावी पार्किङ्घ गर्ने सवारी साधन पुर्ण निषेध र जिल्लाभित्रका कर्भडहल चर्च मन्दिर गुम्बा जस्ता भिडभाड हुने जुनसुकै स्थान तत्कालका लागी बन्द गर्ने निर्णय समेत गरेको जनाएको छ ।

Loading...