२०७७ असोज २

ट्याक्टर दुर्घटना हुँदा एकको मृत्यु, पाँच घाईते

भोजपुर । ट्याक्टर दुर्घटना हुदा भोजपुरमा एकजनाको मृत्यु भएको छ । जिल्लाको दक्षिणि आमचोक गाउपालिका ३ हागातुङ वयाङ सडक खण्डमा दुर्घट्ना हुदा चालक दिपक कुवरको मृत्यु भएको हो ।

आइतवार प्रदेश नं १,०२,००३ त ५८८ नम्वरको ट्याक्टर अनियन्त्रि भई दुर्घटना हुँदा ५ जना घाईते भएको प्रहरीले जनाएको छ । घाईते हुनेमा आमचोक गाउँपालिका ३ बस्ने वर्ष १४ को नवहाङ राई, ४० वर्षीय टंक कुँवर, १६ वर्षीय विकाश कुँवर, आम्चोक गाउँपालिका ६ बयाङका १८ वर्षीय नकुल राई र १८ वर्षीय भरत राई रहेका छन् ।

स्थानीय स्वास्थ्य चौकीमा उपचार को क्रममा चालक २८ वर्षीय दिपक कुवरको मृत्यु भएको हो । ट्याक्टरमा सवार अन्य ३ लाई उपचारका लागि धरान स्थित विपि कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान रेफर गरिएको र र अन्य २ को भने स्थानीय स्वास्थ्य संस्थामा नै उपचार भैरहेको जिल्ला प्रहरी कार्यालय भोजपुरले जनाएको छ ।

Loading...