२०७७ असोज २

भोजपुरमा बाढीले घर बगाउदा तीन जना घाइते

भोजपुर । षडानन्द नगरपालिका–२ कुदाकाउलेमा मंगलबार बाढीले घर बगाएको छ भने तीन जना घाइते भएका छन् । स्थानीय अमृत घले, उनकी श्रीमती अनिशा र १८ महिनाकी छोरी आयुषा घाइते भएका हुन् ।

मंगलबार बिहान चिर्खुवा खोलामा आएको बाढीले घलेको एकतले घरसहित पसलसमेत बगाएको छ । घाइते तीनै जनालाई उपचारका लागि दिङला ल्याइएको जिल्ला प्रहरी कार्यालयका सुचना अधिकारी प्रदीप लामाले जानकारी दिए ।

Loading...