२०७७ असोज २

व्यावसायी तथा समाजसेवी धामीले गरे क्यानसर पिडित पुनलाई आर्थिक सहयोग

काठमाडौँ । मालीका बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष जनक धामीले ब्लड क्यानसर भई सिभिल हस्पिटलमा उपचाररत बिधान पुनलाई आर्थिक सहयो गरेका छन् ।

क्यानसरबाट पिडित बर्दिया जिल्ला गेरुवा गाउँपालिका वडा ६ बिजय पुनका छोरा बर्ष ११ का बिधान पुनलाई समाजसेवी धामीले आर्थिक सहयोग गरेका हुन् । थामीले पुनलाई नगत २१ हजार सहयोग गरेका छन् । धामीले आफै हस्पिटलमा पुगि पुनका बुवा बिजय पुनलाई भेटी सहयोग गरेका हुन् ।

धामी निरन्तर सामाजिक कार्यमा सक्रिय रहेका छन् । व्यवसायी क्षेत्र रहेका धामी अरुको दुःख पिडामा साथ दिदै आएका समेत स्थानीयले बताउदै आएका छन् ।

हाल काठमाडौमा कोरोना महामारीको बेला खान बस्न अप्ठारोमा परेका असाहय, बिपन्न परिवार ,मजदुर र बिधार्थीको कोठामा पुगि १२ सय जना भन्दा बढीलाई खाधान सामाग्री बितरण समे वितरण गरिसकेका छन् ।

पुनका बुबा बिजय पुनले आफ्नो आर्थिक अवस्था कमजोर भएको कारण छोरा बचाउन सवैले सकेको सहयोग गर्न समेत आग्रह गरेका छन् । साथै सहयोग गर्न ईच्छुक व्यक्तिले उक्त सम्पर्क नम्बरमा ९८४८०७३१७३ सम्पर्क गरि सहयोग कोलाई अनुरोध गरेका छन् ।

Loading...