२०७७ असोज २

भोजपुरमा राष्ट्रिय परीचयपत्र वितरणका लागि तथ्याङक संकलन गर्ने कार्य सुरु

भोजपुर । भोजपुरमा राष्ट्रिय परीचयपत्र वितरणका लागि तथ्याङक संकलन गर्ने कार्य सुरु भएको छ । राष्टिय परीचयपत्र वितरणका लागि आईतवार एक कार्यक्रमका विच जिल्ला समन्वय समिति भोजपुरका सभापती लक्ष्मण खड्का र समाजसेवी मेजर बलीमान राईको तथ्याङ्क संकलन गरी सुरु गडरिएको हो ।

नागरीकले सेवा सुविधा सहज र छिटो प्राप्त गर्ने विशेषत कुनै व्याक्तिको कुनैपनि कागजात अर्को व्याक्ति बाट किर्ते नहोस भन्ने लक्ष्यका साथ नेपाल सरकारले २०७५ मंसिर ३ गतेबाट राष्टिय परीचयपत्र वितरणको शुरुवात गरेसंगै भोजपुरमा पनि आईतबारबाट सुरु गरिएको प्रमुख जिल्ला अधिकारी वसन्तराज पुरीले जानकारी दिए ।

सवै नेपालि नागरीकलाई राष्टिय परीचयपत्रको रुपमा स्वीकार गरीएको यस परीचयपत्रले नागरीकका सम्पुर्ण सुचना तथा विवरणहरु एकीकृत रुपमा व्यवस्थापन गर्न तथा राज्यका सेवा सुविधा तथा राष्टिय विकास आयोजनाहरुमा प्रत्यक्ष नागरीकलाई आवद्घ गर्न सहजहुने भएकाले सेवा प्रवाहमा समेत सहजहुने जिल्ला प्रशासन कार्यालय भोजपुरले जनाएको छ ।

सरकारले पहिलो चरणमा पाचथर तथा सिहंदरवार परिसरबाट वितरण शुरु गरीएको दोस्रो चरणमा झापा, संखुवासभा, सप्तरी, महोत्री, ललितपुर, रसुवा लगायत गरी पन्ध्र जिल्लामा राष्टिय परीचयपत्र वितरण गरीसकेको छ ।

Loading...