२०७७ साउन २६

भोजपुरमा निर्माण व्यावसायीहरुले गरे पुर्वधार विकास कार्यालयमा तालाबन्दी

भोजपुर । भोजपुरका निर्माण व्यावसायीहरुले पुर्वधार विकास कार्यालयमा तालाबन्दी गरेका छन् । भोजपुरका निर्माण व्यासायीहरुले काम सम्पन्न गरि विल पेश गरे पनि रकम निकासा नदिएको भन्दै पुर्वधार विकास कार्यालयमा तालाबन्दी गरेका हुन् ।

सरकारको ऐन कानुन र निर्देशनलाई पालना गर्दै कोभिड १९ जस्तो महामारी र अविरल वर्षाका बावजुत पनि तोकिएको समयमा काम सम्पन्न गरी विल पेश गर्दा पनि प्रदेश सरकारले रकम भुक्तानी गर्न आनाकानी गरेको भन्दै प्रदेश अन्तरगत रहेको पुर्वधार विकास कार्यालय भोजपुरमा तालाबन्दी गरेको निमार्नण व्यावसायी श्याम श्रेष्ठले जानकारी दिए ।

काम सम्पन्न गरी विल पेश गर्दा पनि भुक्तानी नपाए पछि निर्माण व्यावपसायीहरु मारमा परेको व्यावसायीहरु बताउँछन् । भुक्तानी नहुदा व्यावसायीसंग सम्बद्ध श्रमीक, व्यापारी र आम मजदुर समेत मारमा परेको अर्का निर्माण व्यावसायी उत्तम खड्काले बताए । निर्माण व्यावसायीलाई निरुत्साहित गर्ने काम प्रदेश सरकारले गरेको भन्दै अनिस्चितकालका लागि ताला बन्दी गरि रकम भुक्तानी नभएसम्म दैनिक कामकाज समेत ठप्प पार्ने व्यावसायीहरुले बताएका छन् ।

ठेकेदार कम्पनीले काम नसक्दा कालो सुचीमा राखी कारवाहि गर्ने सरकार अहिले काम समयमा नै सम्पन्न गर्दा समेत भुक्तानी नदिदा निर्माण व्यावसायीहरु आक्रोसित बनेका छन् । काम सम्पन्न गरी भुक्तानी पाउनु पर्ने रकम करिव १५ करोड रहेको व्यावसायीहरुले बताएका छन् ।

यता पुर्वधार विकास कार्यालय भोजपुरबाट गत २५ गते सम्म भुक्तानी सहजै भए पनि हाल आएर प्रदेशबाट हाललाई भुक्तानी रोक्नु भन्ने निर्देशन आएका कारण रोक्न बाध्य भएको पुर्वधार विकास कार्यालय भोजपुरका कार्यालय प्रमुख राजनराज रेडिले बताए ।

केहि भुक्तानी कोलेनिका पठाएको र कोलेनिकाले पनि भुक्तानी नपठाउनु भनेका कारण रकम भुक्तानी हुन नसकेको रेडिले बताए । कार्यालय प्रमुख रेडिका अनुसार यो समय आर्थिक वर्ष अन्त्यको समय भएका कारण अन्य धेरै कार्य गर्नु पर्ने भएकाले र प्रदेश सरकारसंग समन्वय गरी रकम भुक्तानीको कार्य अगाडी बढाउनु पर्ने भएकाले कार्यालयका तालाबन्दी गरी समस्याको समधान गर्नको साटो समस्या थपिएको बताए ।

पुर्वधार विकास कार्यालय भोजपुर अन्तरगत भोजपुरमा ३० र धनकुटामा २५ योजना संचालनमा रहेका रहेका छन् ।

Loading...