२०७७ साउन २६

भोजपुरमा बेवारिसे अवस्थामा गोली बरामद

भोजपुर । भोजपुरमा बेवारिसे अवस्थामा गोली बरामद गरिएको छ ।

भोजपुर नगरपालिका वडा नं. ४ ढोडेपाटीको जंगलमा प्लाष्टिकको झोलामा वेबारिसे अवस्थामा गोली बरामद गरिएको जिल्ला प्रहरी कार्यालय भोजपुरले जनाएको छ ।

जंगलमा शकास्पद अवस्थामा प्लाष्टिकको झोलामा शकास्पद वस्तु रहेको देखे पछि सावधानी पूर्वक चेकजांच गर्दा 303-Rifle को गोली थान २, सलाई बट्टा थान २०, लाईटर थान ३ र एक मीटर विद्युतीय तार वेवारिसे अवस्थामा फेला पारी बरामद गरेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी तथा प्रहरी निरीक्षक प्रदिप लामाले जानकारी दिए ।

थप अनुसन्धान कार्य जारी रहेको लामाले बताए ।

Loading...