२०७७ साउन २६

भोजपुरमा कर्तव्य ज्यान मुद्दाका फरार प्रतिवादीहरु पक्राउ

भोजपुर । भोजपुरमा कर्तव्य ज्यान मुद्दाका फरार प्रतिवादीहरु पक्राउ परेका छन् ।

भोजपुरको ट्याम्केमैयुम गाउंपालिका वडा नं. ५ खावा बस्ने डेनिश भन्ने धनराज राई, सोहि स्थानका वर्ष ४० को शान्त कुमार राई र वर्ष ५४ को फिष्टे भन्ने जय नारायण राई पक्राउ परेका हुन् ।

उनीहरुले वर्ष ६५ का नगेन्द्र कुमार राईलाई सेहि कुटपिट गरेका थिए । उनीहरुले नगेन्द्र कुमार राईलाई कुटी घाईते बनाए पछि सक्त घाइते बनाएको पछि, निज घाइतेलाई जेठ १ गते उपचारको लागी जिल्ला अस्पताल भोजपुर ल्याई थप उपचारको लागी जेठ २ गते धरान स्थित वि.पि. कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान गरिएको थियो ।

उपचारको क्रममा राईको असार ८ गते मृत्यू भएको थियो । कुटपिट पछि उनीहरु फरार रहेका थिए ।

प्रहरीले जाहेरी दरखास्तका आधारमा असार २४ गते कानुन बमोजिम पक्राउ गरी थप अनुसन्धान भई रहेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रदिप लामाले जानकारी दिए ।

Loading...