२०७७ साउन २६

भोजपुर नगरपालिकाको वडा नं. ४ सिद्धेश्वर उज्यालो वडा घोषणा

भोजपुर । भोजपुर नगरपालिका ४ सिद्धेश्वरलाई उज्यालो वडा घोषणा गरिएको छ । वडाध्यक्ष प्रेम बहादुर भण्डारीको अध्यक्षता तथा भोजपुर नगरपालिकाका मेयर कैलाश कुमार आलेको प्रमुख आतिथ्यतामा सिद्धेश्वरलाई आज उज्यालो वडा घोषणा गरिएको हो ।

उज्यालो वडा घोषणा कार्यक्रममा मेयर आलेले विद्युतको पहुच सबै वडावासीमा पुग्नु खुसीको कुरा भएको बताए । आलेले विकाश निर्माणको हरेक काममा जनताको प्रत्यक्ष सहभागिता हुनु पर्नेमा समेत जोड दिए ।
मेयर आलेले जनता र जनप्रतिनिधी संग संगै मिलेर काम गर्नु पर्ने भन्र्दै कोहि कसैेले विकाश निर्माणका काममा अनियमिता गरे खबरदारी गर्न समेत आग्रह गरे । सोही कार्यक्रममा वडाध्यक्ष भण्डारीले आफु निर्वाचित भए देखि सिद्धेश्वरलाई उज्यालो वडा घोषणा गर्ने सपना साकार भएकोमा खुसी लागेको बताए ।

उहाले उज्यालो वडा घोषणा गर्न सहयोग गर्ने सबैलाई धन्यावाद समेत व्यतm गर्नु भएको छ । सिद्धेश्वरलाई उज्यालो वडा घोषणा गरिए सगै ६ सय ५३ स्थानियको घरमा विद्युतको पहुच पुगेको छ ।
उज्यालो वडा घोषणा कार्यक्रममा भोजपुर नगरपालिकाकी उपमेयर ममिता राई , नेपाल विद्युत प्राधिकरण भोजपुर वितरण केन्द्रका प्रमुख रबिन बाबु घिमिरे ,वडाका जनप्रतिनिधी , स्थानिय बासी लगाएतको उपस्थिती रहेको थियो ।

Loading...