२०७६ कार्तिक २६

भोजुपर हातेमोलो समजा दुहार राईको उद्धार

टिकाराम बस्नेत युएई
भोजपुर हातेमालो सेवा समाज युएईको पहलमा उत्तम राईको उद्दार गरिएको छ । भोजपुर जिल्ला अरुण गाउँपालिका वाड नं २ स्थायी घर भई वैदेशिक रोजगारीको शीलसिलामा युएईको बाटो हुँदै इराक जाने क्रममा दलाली द्वारा ६ महिना देखि युएईमा अलपत्र पारेको र नेपाल फर्कन चाहेको तर नसकेको अवस्थामा भोजपुर हातेमालो सेवा समाज युएई संस्थाको सम्पर्कमा आएको र भोजपुर हातेमालो सेवा समाज युएई को पहलमा उनलाई स्वदेश फिर्तीको बन्दोबस्त मिलाइएको हो ।
भोजपुर हातेमालो सेवा समाज युएईको पहल तथा आग्रह मा युएई मै रहेर काम गरिरहेका सबै भोजपुरे हरु मिली आर्थिक संकलन गरी हवाई टिकटको साथमा छ्यालिस हजार पाँच सय रुपैयाँ ९४६५००( क्यास० आर्थिक सहयोग गरी पिढीत उत्तम राईलाई उद्दार गरिएको सो रकम संस्थाको केन्द्रिय कोषाध्यक्ष अस्मी तामाङ द्वारा हस्तानतरण गरिएको प्रवक्ता सपना राईले जानकारी दिनु भयो ।
भोजपुर हातेमालो सेवा समाज युएई अध्यक्ष भीम थापाले आकर्षण रोजगारी राम्रो आम्दानीको प्रलोभनमा पारी विभिन्न बाटो हुँदै विभिन्न देशमा मानव तस्करी गर्ने दलाल हरुको फन्दामा सोझा साझा नेपाली दाजुभाई तथा दिदीबहिनीहरु परिरहेको बताउँदै यस्ता दलाल हरुबाट सबै जोगिन र होशियार हुन आग्रह गर्दै यस विषयमा सम्बन्धित निकायको ध्यान केन्द्रित गराउँदै । भोजपुर हातेमालो सेवा समाज युएईको पहलमा उत्तम राईलाई उद्दार गरिएको बताउनु भयो।

Loading...