२०७६ कार्तिक २६

बसले किच्दा सह–चालकको घटनास्थलमै मृत्यु

भोजपुर । भोजपुर जिल्लाको टेम्केमैयुङ गाउँपालिका वडा नं–४ चखेवामा बसले किच्दा सह–चालकको घटनास्थलमै मृत्यु भएको छ ।

ना ४ ख ८५५९ नम्बरको गाडि पछाडि सार्ने क्रममा सोहि गाडिका सह चालक छिनामखु वादुङला बस्ने २३ वर्षीय विकास राईको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय भोजपुरले जानकारी दिएको छ ।

भोजपुर सदरमुकामबाट यात्रु लिएर गएको बसले पार्किङ गर्ने क्रममा विहिबार साँझ करिब ६ :३० बजे राईलाई किचेको जिल्ला प्रहरी कार्यालय भोजपुरका सुचना अधिकारी पाण्डव कुमार राजवंशीले जानकारी दिए । बस र चालक सशस्त्र बेश क्याम्प चखेवाको नियन्त्रणमा रहेको छ ।

Loading...