२०७६ कार्तिक ५

पुर्वी पहाडी जिल्लाकै नमुना खेलमैदान बन्यो भोजपुरको टेम्केमैयुङ् २ छिनामखुमा

भोजपुर, ६ असोज । पुर्वी पहाडी जिल्लाकै नमुना खेलमैदान भोजपुरको टेम्केमैयुङ् गाउँपालिका वाड नं. २ छिनामखुमा बनेको छ । छिनामखुको साविक ३ मा १ सय २० मिटर लम्वाई र ६५ मिटर चौडाई भएको (११) साइजको खेलमैदान निर्माण भएको छ ।

खेलकुदको विकासका लागि काम गर्ने उद्धेश्यका साथ वि. स. २०६८ सालमा मलुवा सामुदायिक कल्ब स्थापना गरी खेलकुदका कार्यक्रम संचालन गर्दै आएका थिए । २०६८ सालमा स्थापना भएको संस्थाले देखेको सपना ८ वर्ष पछि पुरा गरेका छन् ।

आर्थिक वर्ष २०७५÷०७६ मा प्रदेश सरकारले खेल मैदान निर्माणका लागि २० लाख रुपौँया विनियोजन गरेको र उक्त रकमले खेलमैदान तयार गर्न सफल भएको मलुवा सामुदायिक कल्बका अध्यक्ष विदेन राईले बताए ।

खेल मैदान निमार्ण गर्न अध्यक्ष विदेन राईको पहलमा २०७२ सालमा स्थानीय समाजसेवी ईन्द्रदेउ राईले १२ लाख ५० हजार मूल्याङ्कन हुने २४ रोपनी जग्गा खेलमैदान निर्माणका लागि खरिद गरिदिएका थिए ।

खेलमैदान सम्म पुग्ने सडक निमार्णका लागि प्रदेश नं। १ का प्रदेश सभा सदस्य राजेन्द्र राईले ७ लाख रुपैँया विनियोज गरी काम समेत सम्पन्न भएको मलुवा सामुदायिक कल्बका सदस्य मुमिहाङ् राईले जानकारी दिए ।

खेल मैदान निमार्णका भईरहदा ट्याम्केमैयुङ् गाउँपालिकाले भने कुनै चासो नदिएको गुनासो संस्थाले गुनासो गरेका छन् । पटक पटक पालिकालाई पत्र पठाई खेल मैदानका लागि बजेट माग गर्दा पनि गाउँपालिकाले वेवास्ता गरेको संस्थाका सदस्य मुमिहाङ् राईले गुनासो गरे । यता खेल मैदान निर्माण कार्य भैसक्दा समेत गाउँपालिकाले कुनै सहयोग नगरेको संस्थाका सचिव जंगनाथ राईले गुनासो सुनाए ।

उक्त खेल मैदान हालसम्म जिल्लाकै उत्कृष्ट खेल मैदान भएको संस्थाले दावी गरेको छ् । खेल मैदानको अभाव भएका कारण गाउँका युवाहरु वारीमा फूटबल खेल्ने गरेको थिए । खेल मैदान अभावका कारण वारीमा खेल्न बाध्य भएको भन्दै खेल मैदान निमार्ण गर्नु पर्छ भन्ने मान्यताका साथ व्यावसायिक फुटबल खेल्न खैलमैदानको अवधारण ल्याई उक्त खेल मैदान बनाउन सफल भएको अध्यक्ष विदेन राईले बताए ।

खेल मैदानसंगै ७ मिटर लम्वार र ५ मिटर चौडाई भएको मंञ्च, र दायाँ वायाँ १०—१० मिटरको प्याराफिड समेत तयार भएको बताए । उक्त खेल मैदानका लागि प्रदेश नं. १ को प्रदेश सरकारले आर्थीक वर्ष २०७६÷०७७ का लागि ३० लाख रुपौँया बजेट विनियोजन गरेको, वडा कार्याललयबाट ५ लाख विनियोजन भएको राईले जानकारी दिए ।

खेलमैदानमा चर्पी नभएका कारण खेलाडी र दर्शकलाई समस्या हुने भएकाले पालिका र वाडामा वजेट मागेको र माग गरेता पनि सुनुवाई नभए पछि संस्थाले आफ्नै खर्चमा चर्पी बनाउने भएको छ । खेल मैदान निर्माण कार्य सम्पन्न भए पछि मैदानको नामकरण समेत भएको छ । मैदानको नाम राख्न भने जग्गा खरिद गरिदने समाजसेवी ईन्द्रदेउ राईलाई दिएको र राईले सो खेल मैदानको नाम कुलुङ् मलुवा सामुदायिक खेल मैदान राखेका छन् ।

उक्त खेल मैदान तयार भएपछि फुटबल प्रतियोतिता समेत हुने भएको छ । फुटबल प्रतियोगिता यहि असोज ३० गतेबाट काक्तिक १० गते सम्म गराउने संस्थाले जानकारी दिएको छ । खेल भोजपुरकै ठुलो धन राशिको बुझिएको छ । उक्त फुटबल प्रतियोगिता संचालन गर्न संस्थासंग आवश्यक रकम नभएकोले सम्पुर्ण खेलप्रेमी, समाजसेवी, वुद्धिजिवी दाजुभाई तथा दिदीबहिनीहरुमा खेल सम्पन्न गर्न आ आफ्नो क्षेत्रबाट सकेको सहयोग गर्न समेत संस्थाले आग्रह गरेको छ ।

खेल मैदान पुर्ण रुपले सम्पन्न गर्न भने मैदानको लम्बाई भागमा वाल, प्यारफिड र अन्य संरचनाको काम बाकी रहेको संस्थाका सदस्य मुमिहाङ् राईले बताएका छन् ।

Loading...