२०७६ कार्तिक ५

भोजपुर चलचित्रकर्मी संघद्धरा निर्मित विदेशीको स्वास्नी २ सार्वजनिक

भोजपुर, ६ असोज । भोजपुर चलचित्रकर्मी संघको तेस्रो प्रस्तुती विदेशीको स्वास्नी २ सार्वजनिक भएको छ । स्थानीय कलाकारहरुको अभिनय रहेको शन्देशमुलक चलचित्र ‘विदेशीकी स्वास्नी’ २ नेपालीहरुको महान पर्व विजय दशमी तथा शुभ दिपावलीको अवसर पारेर संघले एपीयस अनलाईन टिभीबाट आज सोमवार सर्वजनिक गरेकोे हो ।

कलाकार विनोद प्रधानद्धारा निर्देशित चलचित्रमा समाजमा हेर्ने दुष्टिकोण, सोचाई र त्यसको बास्तविकतालाई उतार्न विदेशीकी स्वास्नीमा खोजिएको निर्माण पक्षले जनाएको छ ।

सामाजिक घटनामा आधारित चलचित्र निमार्णबाट स्थानीय कलाकारहरुको उत्पादन तथा प्रवर्दन मुख्य लक्ष्य रहेको निर्देशक विनोद प्रधानले जानकारी दिए ।

चलचित्रकर्मी संघ भोजपुरले आगमी दिनमा स्थानीय बिषयबस्तुहरुलाई उठान गरी सस्कृतिलाई संरक्षण गर्ने खालको चलचित्र निमार्ण गरिने पनि निर्देशक जनाएको छ । उनले भविष्यमा स्थानियस्तरबाटै सामाजिक विभेदीकरणको उन्मूलन गर्ने किसीमका विषयबस्तुलाई समेटेर युवापुस्ताको बलबुत्तामै स्थानियस्तरका चलचित्रलाई बढावा दिँदै जाने बताए

। ‘पहिलो चलचित्रबाट हामी भोजपुरे दर्शकको धेरै हौसला र माया पायौँ । आशा छ फेरिपनि आउने यो चलचित्रलाई माया गरि दिनुहुनेछ ।’ निर्देशक विनोद प्रधानले पहिलो चलचित्र स्मरण गर्दै ‘विदेशीकी स्वास्नी—२’ को छायाँकंनमा भोजपुरका रमणीय पर्यटकिय क्षेत्र सुन्तलेडाँडा, चखेवा–टेम्केडाँडा, ऐतिहासिक टक्सार क्षेत्र, अन्नपूर्ण डाँडा, तिवारीभञ्ज्याङ, दाँवा सिद्धेश्वर बजार, बोखिम, भोजपुर सदरमुकाम आसपासका ठाउँहरु लगायत काठमाडौँका केहि ठाउँहरुका दृश्यलाई विशेष प्राथमिकताका साथ चलचित्रमा समावेश गरिएको बताए ।

फिल्म हेर्नुहोस्

Loading...