२०७६ कार्तिक ५

नेत्रविक्रम चन्द नेतृत्वको नेकपा माओवादी भोजपुर जिल्ला सेक्रेटरी बमबहादुर विष्‍टल पक्राउ

भोजपुर । नेत्रविक्रम चन्द नेतृत्वको नेकपा माओवादी भोजपुर जिल्ला सेक्रेटरी बमबहादुर विष्‍टलाई हतियारसहित प्रहरीले पक्राउ गरेको छ।

आज दिउँसो १ बजे भोजपुर नगरपालिका–१० भैसिपंखास्थित गजुरमुखी भीर नजिकको जंगलबाट उनलाई पक्राउ गरिएको प्रमुख जिल्ला अधिकारी नुरहरी खतिवडाले जानकारी दिएका छन्।

प्रजिअ खतिवडाका अनुसार विष्‍टको साथबाट छ राउण्ड र चार राउण्ड गोली भरिएको इटालीयन अटोमेटिक पेस्तोल दुई थान, ह्याण्ड ग्रिनेट एक थान बरामद गरिएको छ।

त्यस्तै मोबाइल र सीम, चन्दाको माग गर्दै लेखिएका पत्र र पार्टीका पर्चाहरु पनि प्रहरीले फेला पारेको छ। प्रहरी हिरासतमा राखि अनुसन्धान भइरहेको प्रजिअ खतिवडाले बताए।

विष्‍टको घर भोजपुरको टेम्केमैयुङ–५ खावामा पर्छ ।

Loading...