२०७६ कार्तिक ५

नेप्सेमा १६ अंकको गिरावट, कारोबार रकम पनि घट्यो

काठमाडौं । साताको पहिलो दिन ९आइतबार० सेयर कारोबार मापन गर्ने नेपाल स्टक एक्सचेन्ज ९नेप्से० परिसुचकमा १६ अंकको गिरावट आएको छ । आज नेप्से १६।०५ अंकले घटेर १ हजार १ सय ३९।२५ अंकमा पुगेको हो । नेप्से घटेको दिन सेन्सिटिभ इन्डेक्स पनि २।४९ अंकले घटेर २ सय ४९।७१ अंकमा पुगेको छ ।

नेप्से घटेको दिन कारोबार रकम पनि घटेको छ । आज बजारमा १६६ कम्पनीका ८ लाख ४८ हजार ६ सय ६२ कित्ता सेयर २२ करोड ६९ लाख ५० हजार २ सय ३८ रुपैयाँमा कारोबार भयो । कारोबारमा आएका ११ वटा समूहगत उपसुचकमध्ये अन्य समूह झिनो अंकले उकालो लागेको छ भने बाँकी सबै समूह ओरालो लागे ।

बमबमबम
यस दिन बजारमा शिवम् सिमेन्टको सेयरको कारोबार सबैभन्दा धेरै भयो । कम्पनीको सेयर १ करोड ८० लाख ६३ हजार ४ सय ४७ रुपैयाँमा कारोबार भएको हो । त्यसैगरी, बेस्ट फाइनान्स कम्पनीका लगानीकर्ताले सर्वाधिक ४।५५ प्रतिशत सेयर मूल्य कमाए । रिलाएन्स फाइनान्सका लगानीकर्ताले सर्वाधिक ८।३३ प्रतिशत सेयर मूल्य गुमाए ।

Loading...