२०७६ कार्तिक ५

षडानन्द नगरपालिकामा उपमेयरको गाडीमा कुकरबम विस्फोट

भोजपुर । षडानन्द नगरपालिकाको कार्यालय परिसरमै गएराती कुकुरबम विस्फोट भएको छ । कार्यालयको भवनपछाडी अर्को शंकास्पद बस्तु पनि फेला परेको प्रहरी बताएको छ ।
शुक्रबार विहान ३ बजेतिर नगरपालिकाको सरकारी नम्बरप्लेटको गाडीलाई लक्षित गर्दै कुकुरबम विस्फोट गराईएको जिल्ला प्रहरी कार्यालय भोजपुरका डिएसपी नरबहादुर सलामीमगरले बताए । विस्फोट भएको स्थानमा विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीको पर्चा पनि भेटिएको प्रहरीले जनाएको छ ।
संविधानको विरोध गर्दै उक्त पर्चामा ‘दलाल पुँजीवादी सत्ताको विकल्प वैज्ञानिक समाजवाद’ लेखिएको डिएसपी मगरले जानकारी दिए । भेटिएको अर्को शंकास्पद बस्तुको निष्क्रिय गर्न खाँदबारीबाट नेपाली सेनाको टोली आउने उनले बताए ।

Loading...