२०७६ कार्तिक ५

भोजपुरमा जेसीवीको १३ औ साखा कार्यालय उद्घाटन

भोजपुर । भोजपुर जिल्लामा एमएडब्ली अर्थमुर्भस प्राइभेट लिमिटेडकोे १३ औं शाखा कार्यालय औपचारीक रुपमा उद्घाटन गरीएको छ । कार्यालयको उद्घाटन उक्त कार्यक्रमका प्रमुख अतिथि एंव भोजपुर नगरपालीकाका मेयर कैलाश कुमार आलेले रिबन काटेर गरेका हुन् । भोजपुर जिल्लामा उद्घाटन गरीएको उक्त शाखा कार्यालयले जेसिवीको नयाँ मेसिन विक्रि वितरण मर्मत तथा सम्पूर्ण पार्टस् उपलब्ध गराउने सञ्चालक हरीकृष्ण ढकालले बताएका छन् । भोजपुरका लागी आधाकारीक विक्रेता कालिका ट्रेडर्सले सदरमुकामको नयाँ बसपार्क छेउमा शाखा कार्यालयनै सञ्चालनमा ल्याई औपचारीक रुपमा भदौ ३० गतेबाट काम सुरु गरेको छ ।
शाखा कार्यालयबाट भोजपुर जिल्लासंगै छिमेकी जिल्ला खोटाङ, खादबारी, संखुवासभा लगायत अन्य जिल्लाहरुमा सेवा उपलब्ध गराउने अर्का सञ्चालक प्रकाश पराजुलीले जानकारी दिएका छन् ।
उद्घाटन कार्यक्रममा बोल्ने सम्पुर्ण अतिथिहरुले जेसिवि सञ्चालन सगैँ गाउँमा रोजगार, विकास, छिटो काम, प्रविधिको प्रयोग हुनुका साथै समयको बचत हुने बताएका छन् ।
शाखा उद्घाटन कार्यक्रममा भोजपुर नगरपालीकाका मेयर कैलाश कुमारआले,उद्योग बाणिज्य संघ, राजनीतिक दलका प्रतिनिधि, एभरेष्ट बैक, मेधा बैक, एनबी बैक, कृषि विकास बैक, एसियन जिवन विमा कम्पनी तथा वित्तिय संस्थाका प्रतिनिधि, निर्माण व्यावसायी,सञ्चारकर्मी, स्थानीय लगाएतको उपस्थिती रहेको थियो ।

Loading...