२०७६ कार्तिक ५

मोडल सपनाले किन निकालिन आफ्नो घरबाट ससुरालाई

मोडल सपना खड्काले आफ्नो ससुरालाई घरबाट निकालेकी छिन् । आफ्नै वुवा समानको ससुरालाई माया ममता गर्नु पर्नेमा घरबाट निकालेकी हुन् । तर तपाईहरु भ्रममा नपर्नुहोस बास्तबिक जिवनमा भने उनले घरबाट निकालेकी होईनन् । गायक कुमार पौड्यालको आधुनिक गीत ‘यो दुनिँयाको म्यूजिक भिडियोमा निकालेकी हुन् । बास्तविक जिवनमा त म काहाँ तेस्तो छु र एकदमै कोमल र दयालु छु, सपनाले भनिन् ।
भिडियोमा सपनाले उत्कृष्ठ अभिनय गरेकी छिन् ।
बुढेशकालमा आउने शारीरिक समस्यापछि परिवारमा भोग्नु परेको पीडा समेटिएको गीतमा स्वर कुमार पौडेल, शब्द तथा लय कृष्ण गोपाल तामाङ, एरेन्ज कमल सौरागको रहेको छ ।

राज के।सी।को निर्देशनमा आएको म्युजिक भिडियोमा राजेन्द्र वाग्ले, सपना खड्का, पृथ्वीराज, आशा लामा र अमोग ढुंगेलको अभिनय रहेको छ भने छाँयाकन मुकेश हुमागाई, सम्पादन प्रकाश एस केले गरेका छन् । स्थायी डिजिटल स्टुडियोमा रेर्क्डिङ गरिएको गीतमा मिक्सिङ मास्टरिङ कुमार राना, पोस्ट प्रोडक्सन आर।एम फिल्मसको रहेको म्युजिक भिडियो डि।ए।आर। मुभिजको अफिसियल युटुव च्यानलबाट सार्वजनिक भएको हो ।

 

Loading...