२०७६ असोज ३

भोजपुरमा वृक्षरोपन गरी जननायक वी. पी कोइरालाको १०६ औँ जन्म जयन्ती मनाईयो

भोजपुर, भोजपुरमा जननायक वी. पी कोइरालाको १०६ औँ जन्म जयन्ती वृक्षरोपन गरी मनाईएको छ । भोजपुर नगरपालिका वडा नंं. ९ पानीट्याङ्कीमा रहेको कैलाश डाँडाँमा एक सय ६ वटा विरुवा रोपी जन्म जयन्ती मनाईएको छ । वृक्षरोपनसंगै अन्तक्रिया कार्यक्रम समेत भएका छ ।

नोपली कांग्रेस जिल्ला कार्य समिति भोजपुरको आयोजनामा केन्द्रिय प्रतिनिधी रामकुमार विक र ललित अधिकारीको उस्थितीमा कार्यक्र सम्पन्न भएको छ । वृक्षरोपन पछि अन्तरक्रिया कार्यक्रममा कांग्रेस सक्रिय नभएका कारण भोजपुरमा पटक पटक हार वेहोर्नु परेको बताएका छन् । केन्द्रिय नेताहरु मनोपोली ढंगबाट अगाडी बढ्नाले कांग्रेस कमजोर हुदै गएको नेपाली काग्रेस जिल्ला कार्य समिति भोजपुरका सभापति ननदमणी राईले बताएका छन् ।

काग्रेस बलियो बनाउन सवै एक ढिक्का भएर अगाडी वढि संगठनलाई चलायमान बनाए पार्टी सुध्रिएर जाने राईले बताए । पाटीलाई चलायमान बनाउन र आउदो निर्वाचनमा बहुमत विजय गराउन आफ्ना भएका गल्ती सुधार गरी सवैले आ आफ्नो ठाउँबाट लागे सम्भव हुने नेपाली काग्रेस जिल्ला कार्य समिति भोजपुरका सचिव कैलाश कुमार आलेले बताए ।

यस्तै कोग्रेसले संगठन गर्ने आधार नदिई विपीको विचारलाई मात्र आत्मा गरेर पाटी मजबुत नहुने महा समिति सदस्य विरवल राईले बताए ।
यस्तै नेपाली कांग्रेसले देशै भरी ३४ हजार ९ सय ८० विरुवा रोपी जननायक वी. पी कोइरालाको १०६ औँ जन्म जयन्ती मनाएको छ ।

Loading...