२०७६ असोज ३

विद्यालयमा विद्यार्थीं र शिक्षक विरामी हुन थाले पछि विद्यालयमा नै स्वास्थ्य शिविर संचालन

भोजपुर । भोजपुरका विद्यालयमा विद्यार्थीं र शिक्षक विरामी हुन थाले पछि विद्यालयमा नै स्वास्थ्य शिविर संचालन गरिउको छ । भोजपुर नगरपालिका वडा नं. ४ मा रहेको सिद्धेश्वर माध्यमिक विद्यालयमा विद्यार्थी र शिक्षक रुघाखोकी र ज्वारोका कारण विरामी पर्न थाले पछि ४० औँ राष्टिय शिक्षा दिवस तथा ५३ औँ अन्तराष्टिय साक्षरता दिवसको अवसरमा आयोजित स्वास्थ्य सचेतना सहित स्वास्थ्य परिक्षण विद्यालयमा नै आयोजना गरिएको सिद्धेश्वर माध्यमिक विद्यालयका प्रधानध्यापक गनु साम्पाङ्ग राईले जानकारी दिए ।

सिद्धेश्वर माविको आयोजना, भोजपुर नगरपालीकाको प्रायोजन र जिल्ला स्वास्थ्य कार्यालयको प्राविधिक सहयोगमा उत्रः शिविर आयोजना गरी सिद्धेश्वर माविमा अध्ययरत विद्यार्थीहरुको स्वास्थ्य परीक्षण गरीएको हो । विद्यार्थी विरामी भई विद्यालयनै बन्द गराउनुपर्ने अवस्था आएको भनी गुनासो नगरपालीकामा आएपछि भोजपुर नगरपालीकाका मेयर कैलाश कुमार आलेको उपस्थितीमा जिल्ला अस्पताल भोजपुरका डाक्टर सोेभिका श्रेष्ठको नेतृत्वमा स्वास्थ्य चौकि दावाँको टिमले विद्यार्थीहरुको स्वास्थ्य परीक्षण गरेका हुन् ।
विद्यालयमा अध्ययरत ६५० जना विद्यार्थीहरु मध्ये ३ सय विद्यार्थी, २९ जना शिक्षक कर्मचारीले स्वास्थ्य परीक्षण गरीएको प्रधानध्यापक राईले बताएका छन् ।
विद्यार्थीहरुमा टाउको दुख्ने, आखा दुख्ने, खुट्टा पाकेको, टनसील लगायत सामान्य असरहरु मात्र भएकोे डा.श्रेष्ठले बताएकि छिन् । डा. श्रेष्ठको अनुसार विद्यार्थीहरुमा कुनैपनी भित्रि जटिल समस्या छैन्, भाइरल ज्वरो लगायत सामान्य विरामी भएकाले केहि दिनमा नियन्त्रण हुदै जान्छ ।
स्वास्थ्य परीक्षण पश्चात आफुहरुमा कुनै जटिल समस्या नभएको थाहा पाएपछि विद्यार्थीहरु खुशि भएका छन् ।

Loading...