२०७६ असोज ३

प्रेस काउन्सीलमा उजुरी परेका भोजपुरका दुई अनलाईनद्धरा विज्ञप्ती जारी

भोजपुर, १९ भदौ । विना प्रमाण समाचार प्रकाशन गरी व्याक्तिगत चरित्र हत्या गर्ने मनासयले समाचार प्रकाश गरेको भन्दै नेपाली कांग्रेस पौवादुङ्माका नेता तथा आन्दोदनका संयोजक मनोज कार्कीले अनुसन्धान गरि कारवाहि गरीपाउ भनी निवेदन दिए पछि भोजपुरका दुई अन्लाईनले विज्ञाप्ती मार्फत आफ्नो धारना सार्वजनिक गरेका छन् । भोजपुरबाट संचालनमा रहेको सिलिचुङ् डटकम र खवरसंसार डटकमले संयुक्त रुपमा विज्ञाप्ती निकाली धारण सर्वजनीक गरेका हुन् ।

सिलिचुङ् डटकमका प्रबन्ध सम्पादक वुद्ध तामाङ र खवरसंसार डटकमका सम्पादक युवराज विष्टद्धरा हस्तक्षेरित विज्ञाप्तीमा आफ्नो गल्फ्रेण्डको पक्षमा नतिजा प्रकाशन गर्न दवाव दिएको भन्दै समाचार प्रकाशन गरे पश्चात उक्त समाचार प्रति कार्कीले दिएको अभिव्यक्ति प्रति गम्भिर ध्यानकर्षण भएको उल्लेख गरेका छन् ।

कार्कीले आफ्नो निजी स्वार्थको लागि गाउँपालिकामा भ्रम सृजना गरि तालाबन्दी गरेको विषयमा हामीले यथेष्ट स्रोतसहित समाचार प्रकाशन गरेको विज्ञाप्तीमा उल्लेख गर्दै कार्कीले हाम्रो पेशामाथि नै आँच आउने गरी अभिव्यक्ति दिएको भन्दै घोर भत्र्सना समेत गरेका छन् ।

कार्की आफुले गरेको गल्ती सच्याएर काम गर्नुको सट्टा सोही कुरालाई ठूलो बनाएर हामी माथी विभिन्न खाले आरोप लगाएको बताएका छन् । हामीसंग अहिले पनि यथेष्ट प्रमाण र स्रोत रहेको र आवश्यक परेमा त्यसलाई सम्वन्धित निकायमा पेश गर्ने समेत जानकारी विज्ञाप्ती मार्फत गराएका छन् । विज्ञप्तीमा कार्कीले रोजेको कानुनी बाटोको स्वागत गर्दै त्यसलाई डटेर सामना गरि आगामी दिनमा यसको थप तथ्य सार्वजनिक गरेर छाड्ने प्रतिवद्धता जनाइएको छ ।

कार्की आफुले गरेको गल्ती सच्याएर काम गर्नुको सट्टा सोही कुरालाई ठूलो बनाएर हामी माथी विभिन्न खाले आरोप लगाएको बताएका छन् । हामीसंग अहिले पनि यथेष्ट प्रमाण र स्रोत रहेको र आवश्यक परेमा त्यसलाई सम्वन्धित निकायमा पेश गर्ने समेत जानकारी विज्ञाप्ती मार्फत गराएका छन् । विज्ञप्तीमा कार्कीले रोजेको कानुनी बाटोको स्वागत गर्दै त्यसलाई डटेर सामना गरि आगामी दिनमा यसको थप तथ्य सार्वजनिक गरेर छाड्ने प्रतिवद्धता जनाइएको छ ।

यता कार्कीले भने आफुले कसैलाई पनि जागिर दे भनेर नभनेको बताएका छन् । उनले पत्रकार सम्मेलनमा यथेश्ट बोलेको कुरा प्रमाणको आधारमा भिडियो सहित रहेको बतााउदै त्यसमा गल्ती स्वीकार नगरेको जीकिर गरेका छन् । आफुले कसैलाई जागिर लगाइदिन मानविय आधारमा आग्रह गरेको तर गर्लफ्रेन्ड चाही नभएको भनेर सभाचार प्रकाशन भए पछि उत्तेजीत हुदै उक्त समाचार प्रती आपत्ती जनाएका छन् । उनले उक्त समाचार लेख्ने पत्रकारलाई लम्कीपुर्ण भाषा प्रयोग गर्दै भिडियो राम्ररी हेरेर बुझेर समाचार प्रकाशन गर्न भन्दै यस्ता तथ्य हिन समाचार प्रकाशन गरे यसबाट उत्पनन हुने सवै खाले समस्याको समना गर्न तयार भएर बस्न समेत चेतवनी दिएका छन् ।

यता पछिल्लो समय आन्दोलन गरिरहेका मोर्चा र मिडियाको चर्काचर्की पर्न थाले पछि गाउँपालिका भने यस विषयमा मौन देखिएको छ । गाउँपालिकाको समस्यालाई लिएर आन्दोलन गरेको आन्दोलन मोर्चाका संयोजक मनोज कार्कीले बताए । यस्ता खाले सवै समस्या समाधान गर्न आन्दोलनका मोर्चालाई वार्तामा वोलाई समस्याको समाधान गर्न तर्फ लाग्ने की ?

Loading...